किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518
Manoj
सर्बप्रथम बेलायतबासी सम्पूर्ण कोइंच बाबा आमा, दाजुभाई तथा दिदि बहिनी हरुमा मेरो हार्दिक अभिबादन - सेउ!
 
किराँत सुनुवार सेवा समाज बेलायत को भर्खरै मात्र सम्पन्न भएको सातौ महादिबेशनले मलाई एक निष्ठावान  समाजसेवकको रुपमा हाम्रो संस्था किराँत सुनुवार सेवा समाज बेलायतको सातौ कार्यकालको अध्यक्ष पदभार सम्हालि काम गर्ने अवसर दिनु भएकोमा आफुमाथि थप जिम्मेवारी आएको महसुस गरेको छु र महत्वपूर्ण अवसरको लागि सम्बन्धित सबैमा हार्दिक आभार र कृतज्ञता प्रकट गर्न चाहन्छु । नंया कार्य समितिको चयनको  निमित्त सहयोग गर्नुहुने चयन समिति सल्हाकार महानुभावहरु, निबर्तमान कार्य समितिको पदाधिकारी तथा सदस्य हरु र यस महाधिबेशनमा प्रत्यक्ष रअप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने सम्पूर्ण महानुभाव हरुलाई मेरो हृदय देखि नै धन्यवाद दिन चाहन्छु। 
 
किराँत सुनुवार समाज बेलायत भनेको हामी सम्पूर्ण बेलायतबसी सुनुवारसमुदायको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पहिचान लाई  सम्रक्षण र  प्रबर्दन गर्नको निमित स्थापित बिशुद्ध सामाजिक संस्था हो।  यसको स्थापना काल देखि नै बेलायेत बासी  सुनुवारको हितको निम्ति बिभिन्न सामाजिक तथा संस्कृतिक कार्यहरू सम्पन्न गर्दै आईरहेको छ। सुनुवार समाज बेलायतको  भावी  दिनहरुलाई  सही मार्गमा डोर्‍याउने जिम्मेवारीको साथ साथै मेरो नेत्तृत्वमा रहेको कार्य समितिले युके बासी  सम्पूर्ण सुनुवारहरुको हितको निमित्त धेरै चुनौती हरुको सामना  गर्नु पर्ने समय आएको छ। यो कार्यसमितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु साथै बेलायत भरिको सम्पूर्ण सुनुवारलाई गोल्बद्द तथा एकजुट भएर हाम्रो उदेश्य प्राप्तिको निमित्त अगाडी  बढाउने मेरो दृद्द विश्वास तपाई हरुलाई दिलाउन चाहन्छु।
 
कोविड १९ को माहामारीले मानव जीवनमा समस्या साथै नकारत्मक असर कुनै न कुनै दृष्टिकोण बाट पारेको छ। यसको असर हाम्रो  बेलायत बासी सुनुवारमा पनि परेको छ। यसैको प्रभावले बिगतका दिनहरुमा हुनु पर्ने धेरै क्रियाकलापहरु अधुरो  रहेको छ र त्यहि क्रियाकलाप हरुलाई  मध्यनजर गर्दै मेरो  कार्यकालमा पनि बिगतमा आयोजना हुंदै आएका बिभिन्न मनन योग्य कार्यक्रमहरुलाई निरन्तरता दिंदै संस्थाको बिध्यमान केहि कामहरुलाई आबश्यक परिमार्जन गरी थप अतिरिक्त कार्यहरुलाई प्राथमिकता दिने छौं। यसै आस्था वास्ता  समयको कारण वर्तमान कार्यसमितिले कार्यान्वयन गर्न नसकेको योजना हरुलाई आबश्यकता, उपयुक्त र जनहित को अधारमा  बैधानिक र बैज्ञानिक ढंगले संस्थागत गर्न यो कार्यसमिति कटिबद्द रहने छ। 
 
१.     संस्थाको सदस्यता दर्ता, बितरण तथा नबिकरण प्रणालीलाई  प्रभाबकारी बनाउनका लागि आवश्यक काम गर्ने, धेरै भन्दा धेरै सुनुवारहरुलाई सदस्यता लिने उत्प्रेरणा गर्ने बेलायतबासी सम्पूर्ण कोइंचहरुलाई सदस्यता लिनको निमित्त सहज वातावरण श्रजना गर्ने र सम्पूर्ण सदस्यहरुले समेत आवश्यक सुधारका बाटाहरुलाई खुला गर्न सकारात्मक सोंचको बिकास गर्नु पर्छ भन्ने भावनालाई उजागर गर्ने गराउने कामलाई प्रमुख रुपमा लिइने छ।
 
२.     यस संस्थाले पहल गरेको तर बिभिन्न समस्या वा कोविट १९ को असरले पुरा हुन नसकेको सुनुवार शैक्षिक  सहयोग कोष को छनौट र वितरण गर्ने। यसमा  हाम्रालई नभनेर राम्रा र गरिब जेहेन्दार बिद्यार्थीहरुको  छनोट गरी हाम्रो सुनुवार समाजमा पनि शिक्षाको बत्ति देखाउने काम यस संस्थाले भरपूर प्रयाश गर्ने छ।
 
३.   कोईंच युवा तथा नँया पिडिहरुमा सांस्कृतिक रुपान्तरण को प्रकृया हो। हामी आफ्नो पौराणिक थाकथलोबाट धेरै टाढा प्रवाशमा आएर बसोबास गरिरहेको अवस्थामा हामीले कम्तीमा पनि आफ्नो जातिय भेषभुषा, संस्कृति तथा भाषाको जगेर्णा गर्न सक्नु मात्र पनि एउटा उल्लेखनिय उपलब्धी हुनेछ र त्यो नै हाम्रो पहिचान हो। हाम्रो बिकास हो भन्ने हामीले लिनु पर्छ भन्ने मलाई लागेको छ। त्यसको लागि हामीले हाम्रो कार्यकालमा  रुपमा पुरा गर्नको निमित्त यहाँ अवस्थित सम्पुर्ण कोइंचहरुको सहयोगमा भरपूर कोशिस जारी राख्ने छौं। यस अन्तर्गत हाम्रो विभिन्न कार्यक्रमद्वारा हामीले हाम्रा अग्रजहरु र नयाँ पिडिका युवा जमातहरुको बिचको दुरीलाई नजिक बनाउंदै उनीहरुको बिचमा एउटा बजबुद पुलको रुपमा भुमिका निर्बाह गरि सुमधुर सम्बन्ध कायम गर्न आवश्यक भुमिका निर्बाह गर्ने छौं। यूरोपेली संस्कारको प्रभावले अहिले हाम्रो समाजमा हाम्रो मौलिकता र संस्कृतिको अस्तित्व नै पलायन हुनसक्ने अवस्था आएको छ। त्यसैले  हाम्रो भाषा, लिपी, इतिहास, साहित्य, आदिको संरक्षण, उत्थान र विकास गर्न यो कार्यसमितिको अर्को अभिभारा सम्झेको छु। 
 
४.     बेलायत बासी सुनुवारमा आपतकालीन सहयोग को व्यवस्था गर्नु हो। बेलायतबसी सुनुवारहरुलाई मृतु तथा अन्य आपतकालीन अवस्थामा आई परेमा वर्तमान कार्यसमिती बाट सक्दो सहयोग को माहुल बनाउने काम गर्नु हो ।
 
स्थपना भैसकेको हाम्रो संस्थालाई निरन्तर प्रगतिमुलक रुपमा हिंड्न सक्ने बनाउनु हामी सबैको जिम्मेवारी हो भन्ने मलाई लागेको छ। हामी सम्पूर्ण कोइंचहरुले हाम्रो संस्थाको उद्देश्य पुरा गर्नको लागि सदैब एकजुठ भएर सहकार्यमा जुट्न सक्ने नै छौ भन्ने आशा तथा विश्वास लिएको छु। यसको निमित्त हामी संस्थाका कार्यकारी पदाधिकारीहरु मात्र प्रयाप्त होइन। यसको अलावा हामीलाई तपाईहरुको महत्वपूर्ण सल्लाह तथा सुझाबको आवश्यक पर्ने छ र हामी त्यसको निमित्त सदैब अपेक्षा गरिरहेको हुनेछौं। हामी कोइंचहरु बिचमा सहकार्य अपरिहार्य छ र निश्चित रुपमा हुनेछ।आवश्यकता र समय सापेक्ष यहाँ यूकेमा अवस्थित अन्य सरकारी तथा गैरसरकारी संघ संस्था हरुसंग पनि सहकार्य गरिनेछ।
 
अन्त्यमा हामीले संस्थाको तर्फबाट आयोजना गर्ने कार्यक्रमहरुमा यहाँहरुको भब्य उपस्थितिको अपेक्षा गर्दै कार्यक्रमहरुलाई सफल बनाई दिन हुनको निमित्त संस्थाको अध्यक्षको हैसियताले साथै सम्पूर्ण कार्यसमिति पदाधिकारीहरुको तर्फबाट हार्दिक बिनम्र अनुरोध गर्दछु।
 
धन्यबाद, अभिबादन - चेरेदुम।
 
श्री मनोजकुमार  सुनुवार
अध्यक्ष
किराँत सुनुवार सेवा समाज बेलायत