किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

सुनुवार सेवा समाज युकेले वार्षिक रुपमा मनाउदै आएको भेटघाट कार्यक्रम यसपालि पनि २४ अगस्त २०१९ का दिन स्यान्डहर्स्ट कम्यूनिटी हलमा हर्षोलास तथा मनोरन्जनका साथ मनाएकोछ। समाज भित्र रही हामी सुनुवारहरु बिच आपसी सम्बन्धलाई अझ गहिरोसंग बढाउने तथा समय सापेक्षपारी वेलायत भित्र टाढा टाढा छरिएर बस्नु हुने सुनुवारहरु बिच वर्षमा एक पटक भेटघाट गरी रमाईलो वातावरण बनाउने उद्देश्य रहेको यस वार्षिक कार्यक्रममा प्रायजसो युकेको सम्पुर्न ठाउहरुबाट हाम्रा सुनुवार समुदायको उपस्थिति रहेको थियो। कार्यक्रम समयानुसार ढिलै सुरुवात भएपनि निक्कै रमाइलो वातावरण बनेको थियो भने त्यस दिनको मौसमले पनि उत्तिकै साथ दिएको थियो।

 

कार्यक्रमको शुरुवात समाजका अध्यक्ष श्री जीतेन्द्र सुनुवार ज्यूँ को अध्यक्षताको आशन ग्रहण संगै सम्पुर्न सल्लाकारहरु तथा वर्तमान कार्यकारी समिति का सदस्यहरुलाई वहाबाट सम्मानार्थ, दियों प्रज्वलन र साथमा नेपाली राष्ट्रीय गायन बाट भएको थियो भने स्वागत भाषण उपाध्यक्ष श्री मनोज सुनुवारले गर्नु भएको थियो।

 

कार्यक्रमको अर्को चरणमा सुनुवार सेवा समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आ-आफ्नो क्षेत्रमा प्रतिनिधित्व गर्नु हुने, कला, साहित्य तथा संस्कृतिमा लागी उल्लेखनीय योगदान दिई समाजलाई उच्चस्तरीय बनाउन सहयोग गर्नु हुने महानुभाव हरुलाई खादा तथा प्रमाण पत्र प्रदान गरी अभिनन्दन सम्मन गरिएको थियो। यस वर्षको सम्मानार्थ हुनुहुने महानुभावहरु यस प्रकार छ:

 

यस समाजलाई विशेष सहयोग पुर्याउनु हुने तर्फ:

श्री महेश सुनुवार

श्रीमती सावित्री सुनुवार

 

भूतपूर्व अध्यक्ष सुनुवार सेवा समाज धरान शाषा:

श्रीमती दन्त कुमारी सुनुवार

 

वर्तमान अध्यक्ष नेपाल जनजाति महा संघ वेलायत:

श्री जंग सुनुवार

 

साहित्य तथा लेखन कलातर्फ:

श्री केदार सुनुवार ‘संकेत’

श्री प्रकाश सुनुवार ‘निराकार’

 

कला, संगीत तथा मनोरन्जन:

श्री होम सुनुवार दशुच

श्री आकाश सुनुवार

श्री निर्मल सुनुवार

श्रीमती सुमिरा सुनुवार

 

यसैक्रममा वेलायतको विभिन्न विश्वविद्यालय अन्तर्गत यस वर्ष उच्च शिक्षा हासिल गरी दीक्षांत हुनुहुने विध्यार्थीहरुलाई यस सुनुवार सेवा समाजले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै समाजका अध्यक्ष श्री जीतेन्द्र सुनुवारको वाहुलीबाट खादा तथा प्रमाण पत्र बितरण भएको थियो। यस पालीको विद्यार्थीहरुको नामावली यस प्रकार छन:

 

आशीष सुनुवार - कम्प्यूटर शाईन्स - बीयस्सी आनर्स

दीक्षीता सुनुवार - वायोमेडिकल शाईन्स - बीयस्सी आनर्स

धीरज सुनुवार - वायोमेडिकल शाईन्स - बीयस्सी आनर्स

तपस्या सुनुवार - क्रीमिनोलोजी एन्ड सोसियोलोजी - बीयस्सी आनर्स 

कोसेली सुनुवार - डेकोरैटिभ आर्ट्स - बीए आनर्स

भोला सुनुवार - पव्लीक हेल्थ एन्ड सोसियोलोजी - बीयस्सी आनर्स (हाल ब्रिटिश आर्मीमा कार्यरत)

 

यही शीलसिलामा सम्पुर्न अविभावकहरुमा पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिनुका साथै अध्यक्ष श्री जीतेन्द्र सुनुवारले यस समाजको गतिब्धीमाथि प्रकाश पार्दै समाजको महत्वलाई बुझ्नु ज़रूरी छ भन्ने कुरामा जोड़ दिनु भएको थियो।

 

कार्यक्रम सुचारू रूपमा चलिरहेको अवस्थामा हाम्रा स्थानीय कलाकारहरूले नाचगान प्रदर्शन गरी रमणीय र उच्च स्तरीय वातावरणको शृजना भएकोमा कुनै शंका नरहेको र हाम्रा आफ्नै स्थानीय कलाकारहरूले पनि स्तरीय कला प्रदर्शन गर्सन सक्ने प्रमाणहरु सावित भएको छ। यस कार्यक्रममा श्रीमती रमिला सुनुवारको ‘आज है राती’ वोलको गीतको एकल नाचले उत्कृष्ट प्रतिभा प्रदर्शनका साथै दर्शकहरुको ध्यानाकर्षण एकीकृत रुपमा तानिरहेको थियो भने श्रीमती प्रतिमा सुनुवारको तामांग सेलो गीतको नाचले उत्तिकै रमणीय वातावरण शृजना भएकोमा दुई मत नहोला भन्ने अडकल गर्न सकिन्छ। महेश सुनुवारको ‘कुटुमा कुटु’ भन्ने गीतको नाचमा केटा र केटी दुवैको भूमिका निभाई स्पेशल मसला थप्नु भएको भएको थियो भने झपट सुनुवार ज्यूको एकल गायनले बुढ्यौली जोश र जांगर अझै पनि उत्तिकै रुपमा जीवित रहेको सावित हुन्छ। निर्मल सुनुवारको एकल गायनमा उत्कृष्ट स्वर मात्र नभई दर्शकहरुलाई मन्त्र मुक्ध पार्नु भएको थियो। आभाष सुनुवारको प्रतिभाशाली स्वर र निर्धक्क अगाडी आएर वोल्न सक्ने छविलाई हेर्दा नानीको भविष्य उज्वल रहेको देखिन्छ। कार्यक्रमको अन्त्यतिर सबै जना आ-आफ्नै खाले गीत बजाई दिन अनुरोध आए पनि अन्त्य तिरको कक्टेल डान्सले भरिपुर्न मनोरन्जन दियों नै होला भन्ने आशा गरिएको छ।

 

आगामी वर्षहरुमा पनि यसरी नै मनाउदै जाऊँ र हामी भित्रको आपसी समझदारी कायमै राखी अगाडी बढ़ौ। यही शुभ कामना सम्पुर्न सुनुवारहरुमा।

सुसेस युके।

More News
  • किसुसेस बेलायतको नियमित बार्षिक साधारण सभा २०२४ |
    7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार [...]
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]