किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

आज मिति १५ जनवरी २०१७ शनिबार अल्डरसटमा किरात सुनुवार सेवा समाज युकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ । येले थोचे ५०७७ को शुभकामना आदानप्रदानका साथमा आरम्भ गरिएको सभाको सभापतित्व अध्यक्ष श्री यादब तुर्सुचा ज्युले गर्नु भएको थियो । सभाको पहिलो चरणमा संस्थाको अध्यक्ष, सचिबले संस्थाको गतिबिधीको बारेमा प्रकाश पार्नु भएको थियो भने कोषाध्यक्षले बित्तिय बिवरण प्रस्तुत गर्नु भएको थियो । सभाको दोश्रो चरणमा संस्थाको सदस्यता प्रणालीलाई अझ प्रभाबशाली बनाउंदै लैजाने निर्णयहरु गरियो भने कोइच एजुकेसन फण्डको स्थापनार्थ श्री भक्तमान सुनुवार ज्युको संयोजकत्वमा पाँच सदस्यीय प्रारम्भिक समिति गठन गरियो । उक्त समितिको सदस्यहरुमा क्रमश: श्री यादब तुर्सुचा, श्री जंग सुनुवार, श्री मोतिराज सुनुवार र श्री तेज सुनुवार ज्यु रहनु भएको छ । बेलायत अवस्थित किरात समुदायले संयुक्त रुपमा आयोजना गर्ने भनिएको किरात सांस्क्रितिक कार्यक्रममा यस संस्थाको तर्फबाट पनि प्रत्यक्ष रुपमा सहभागिता रहने निर्णय गर्नुको साथै स्थापना भएता पनि लामो समय देखि एक्टिभ रहन नसकिरहेको किरात सुनुवार महिला समाज युकेलाई पनि पुनर्गठन गरि आवश्यक कामकारबाही अगाडी बढाउनको निमित्त कार्यसमितिले समन्वय तथा परामर्श अघि बढाउने निर्णय गरेको छ । सभाले यस संस्थाले नियमित रुपमा आयोजना गर्ने भाबी इभेण्टसहरुमा ष्याँदार पिदार शनिबार २७ मे २०१७ मा, १० औं एनिभर्सरी प्रोग्राम शनिबार २६ अगष्ट २०१७ मा र ६ औं अधिबेसन शनिबार २० जनवरी २०१८ मा सम्पन्न गर्ने निर्णय गरेको छ ।


कार्यक्रममा सल्लाहकारहरु श्री किसोर सुनुवार, श्री जंग बहादुर सुनुवार, श्री मोतिराज सुनुवार, श्री छत्र बहादुर सुनुवार, श्री मुकुन्द सुनुवार, श्री गोपाल सुनुवार ज्युहरुले आफ्नो मन्तब्य प्रकट गर्नु भएको थियो भने श्री होम दसुच ज्युले यस संस्थाबाट नियमित रुपमा प्रकाशित गरिने सुनुवार भाषाको जरनल 'तोष्येल्फु' लाई निरन्तर रुपमा प्रकाशित गरिने बताउनुको साथै  र श्रीमति भावना सुनुवार ज्युले यस संस्थाको मुखपत्र 'तष्चेल'को बारेमा प्रकाश पार्नु हुँदै आगामी अंक प्रकाशनको निमित्त संस्थालाई सहयोग जुटाउने बताउनु भएको छ । आफ्नो मन्तब्यकै क्रममा श्री चित्र सुनुवार ज्युले कोइंच ढोलसिल युवाहरुलाई पनि समयसमयमा प्रशिक्षण तथा अभ्यास दिलाउन सकिएको खण्डमा आफ्नो संस्क्रितिलाई जिवन्त राखिरहन सकिने बिचार प्रकट गर्नु भएको थियो भने श्री धर्मबिक्रम सुनुवार ज्युले पनि संस्थालाई उज्यालो तर्फ लानको निमित्त आम सुनुवार बन्धुहरुमा एकता भवना जाग्नुको साथै आपसी समन्वय नै महत्वपुर्ण छ भन्नु भएको थियो । 


अन्त्यमा, कार्यक्रमलाई यस संस्थाका उपाध्यक्ष श्री जितेन्द्र सुनुवार ज्युले उपस्थिति सम्पुर्ण महानुभावहरुमा सहभागिताको निमित्त धन्यबाद ज्ञापन गर्नु हुँदै समापन मन्तब्यका साथ सभा बिसर्जन गर्नु भएको थियो । कार्यक्रमका झलकहरु हेर्नका लागि यहाँ क्लिक गर्नु होला ।

More News
  • Test post title
    Test post content [...]
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]