किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

आज मिति १५ जनवरी २०१७ शनिबार अल्डरसटमा किरात सुनुवार सेवा समाज युकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ । येले थोचे ५०७७ को शुभकामना आदानप्रदानका साथमा आरम्भ गरिएको सभाको सभापतित्व अध्यक्ष श्री यादब तुर्सुचा ज्युले गर्नु भएको थियो । सभाको पहिलो चरणमा संस्थाको अध्यक्ष, सचिबले संस्थाको गतिबिधीको बारेमा प्रकाश पार्नु भएको थियो भने कोषाध्यक्षले बित्तिय बिवरण प्रस्तुत गर्नु भएको थियो । सभाको दोश्रो चरणमा संस्थाको सदस्यता प्रणालीलाई अझ प्रभाबशाली बनाउंदै लैजाने निर्णयहरु गरियो भने कोइच एजुकेसन फण्डको स्थापनार्थ श्री भक्तमान सुनुवार ज्युको संयोजकत्वमा पाँच सदस्यीय प्रारम्भिक समिति गठन गरियो । उक्त समितिको सदस्यहरुमा क्रमश: श्री यादब तुर्सुचा, श्री जंग सुनुवार, श्री मोतिराज सुनुवार र श्री तेज सुनुवार ज्यु रहनु भएको छ । बेलायत अवस्थित किरात समुदायले संयुक्त रुपमा आयोजना गर्ने भनिएको किरात सांस्क्रितिक कार्यक्रममा यस संस्थाको तर्फबाट पनि प्रत्यक्ष रुपमा सहभागिता रहने निर्णय गर्नुको साथै स्थापना भएता पनि लामो समय देखि एक्टिभ रहन नसकिरहेको किरात सुनुवार महिला समाज युकेलाई पनि पुनर्गठन गरि आवश्यक कामकारबाही अगाडी बढाउनको निमित्त कार्यसमितिले समन्वय तथा परामर्श अघि बढाउने निर्णय गरेको छ । सभाले यस संस्थाले नियमित रुपमा आयोजना गर्ने भाबी इभेण्टसहरुमा ष्याँदार पिदार शनिबार २७ मे २०१७ मा, १० औं एनिभर्सरी प्रोग्राम शनिबार २६ अगष्ट २०१७ मा र ६ औं अधिबेसन शनिबार २० जनवरी २०१८ मा सम्पन्न गर्ने निर्णय गरेको छ ।


कार्यक्रममा सल्लाहकारहरु श्री किसोर सुनुवार, श्री जंग बहादुर सुनुवार, श्री मोतिराज सुनुवार, श्री छत्र बहादुर सुनुवार, श्री मुकुन्द सुनुवार, श्री गोपाल सुनुवार ज्युहरुले आफ्नो मन्तब्य प्रकट गर्नु भएको थियो भने श्री होम दसुच ज्युले यस संस्थाबाट नियमित रुपमा प्रकाशित गरिने सुनुवार भाषाको जरनल 'तोष्येल्फु' लाई निरन्तर रुपमा प्रकाशित गरिने बताउनुको साथै  र श्रीमति भावना सुनुवार ज्युले यस संस्थाको मुखपत्र 'तष्चेल'को बारेमा प्रकाश पार्नु हुँदै आगामी अंक प्रकाशनको निमित्त संस्थालाई सहयोग जुटाउने बताउनु भएको छ । आफ्नो मन्तब्यकै क्रममा श्री चित्र सुनुवार ज्युले कोइंच ढोलसिल युवाहरुलाई पनि समयसमयमा प्रशिक्षण तथा अभ्यास दिलाउन सकिएको खण्डमा आफ्नो संस्क्रितिलाई जिवन्त राखिरहन सकिने बिचार प्रकट गर्नु भएको थियो भने श्री धर्मबिक्रम सुनुवार ज्युले पनि संस्थालाई उज्यालो तर्फ लानको निमित्त आम सुनुवार बन्धुहरुमा एकता भवना जाग्नुको साथै आपसी समन्वय नै महत्वपुर्ण छ भन्नु भएको थियो । 


अन्त्यमा, कार्यक्रमलाई यस संस्थाका उपाध्यक्ष श्री जितेन्द्र सुनुवार ज्युले उपस्थिति सम्पुर्ण महानुभावहरुमा सहभागिताको निमित्त धन्यबाद ज्ञापन गर्नु हुँदै समापन मन्तब्यका साथ सभा बिसर्जन गर्नु भएको थियो । कार्यक्रमका झलकहरु हेर्नका लागि यहाँ क्लिक गर्नु होला ।

More News
  • किसुसेस बेलायतको नियमित बार्षिक साधारण सभा २०२४ |
    7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार [...]
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]