किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

सुनुवार सेवा समाज युकेले वार्षिक रुपमा मनाउदै आएको भेटघाट कार्यक्रम यसपालि पनि २४ अगस्त २०१९ का दिन स्यान्डहर्स्ट कम्यूनिटी हलमा हर्षोलास तथा मनोरन्जनका साथ मनाएकोछ। समाज भित्र रही हामी सुनुवारहरु बिच आपसी सम्बन्धलाई अझ गहिरोसंग बढाउने तथा समय सापेक्षपारी वेलायत भित्र टाढा टाढा छरिएर बस्नु हुने सुनुवारहरु बिच वर्षमा एक पटक भेटघाट गरी रमाईलो वातावरण बनाउने उद्देश्य रहेको यस वार्षिक कार्यक्रममा प्रायजसो युकेको सम्पुर्न ठाउहरुबाट हाम्रा सुनुवार समुदायको उपस्थिति रहेको थियो। कार्यक्रम समयानुसार ढिलै सुरुवात भएपनि निक्कै रमाइलो वातावरण बनेको थियो भने त्यस दिनको मौसमले पनि उत्तिकै साथ दिएको थियो।

 

कार्यक्रमको शुरुवात समाजका अध्यक्ष श्री जीतेन्द्र सुनुवार ज्यूँ को अध्यक्षताको आशन ग्रहण संगै सम्पुर्न सल्लाकारहरु तथा वर्तमान कार्यकारी समिति का सदस्यहरुलाई वहाबाट सम्मानार्थ, दियों प्रज्वलन र साथमा नेपाली राष्ट्रीय गायन बाट भएको थियो भने स्वागत भाषण उपाध्यक्ष श्री मनोज सुनुवारले गर्नु भएको थियो।

 

कार्यक्रमको अर्को चरणमा सुनुवार सेवा समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आ-आफ्नो क्षेत्रमा प्रतिनिधित्व गर्नु हुने, कला, साहित्य तथा संस्कृतिमा लागी उल्लेखनीय योगदान दिई समाजलाई उच्चस्तरीय बनाउन सहयोग गर्नु हुने महानुभाव हरुलाई खादा तथा प्रमाण पत्र प्रदान गरी अभिनन्दन सम्मन गरिएको थियो। यस वर्षको सम्मानार्थ हुनुहुने महानुभावहरु यस प्रकार छ:

 

यस समाजलाई विशेष सहयोग पुर्याउनु हुने तर्फ:

श्री महेश सुनुवार

श्रीमती सावित्री सुनुवार

 

भूतपूर्व अध्यक्ष सुनुवार सेवा समाज धरान शाषा:

श्रीमती दन्त कुमारी सुनुवार

 

वर्तमान अध्यक्ष नेपाल जनजाति महा संघ वेलायत:

श्री जंग सुनुवार

 

साहित्य तथा लेखन कलातर्फ:

श्री केदार सुनुवार ‘संकेत’

श्री प्रकाश सुनुवार ‘निराकार’

 

कला, संगीत तथा मनोरन्जन:

श्री होम सुनुवार दशुच

श्री आकाश सुनुवार

श्री निर्मल सुनुवार

श्रीमती सुमिरा सुनुवार

 

यसैक्रममा वेलायतको विभिन्न विश्वविद्यालय अन्तर्गत यस वर्ष उच्च शिक्षा हासिल गरी दीक्षांत हुनुहुने विध्यार्थीहरुलाई यस सुनुवार सेवा समाजले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै समाजका अध्यक्ष श्री जीतेन्द्र सुनुवारको वाहुलीबाट खादा तथा प्रमाण पत्र बितरण भएको थियो। यस पालीको विद्यार्थीहरुको नामावली यस प्रकार छन:

 

आशीष सुनुवार - कम्प्यूटर शाईन्स - बीयस्सी आनर्स

दीक्षीता सुनुवार - वायोमेडिकल शाईन्स - बीयस्सी आनर्स

धीरज सुनुवार - वायोमेडिकल शाईन्स - बीयस्सी आनर्स

तपस्या सुनुवार - क्रीमिनोलोजी एन्ड सोसियोलोजी - बीयस्सी आनर्स 

कोसेली सुनुवार - डेकोरैटिभ आर्ट्स - बीए आनर्स

भोला सुनुवार - पव्लीक हेल्थ एन्ड सोसियोलोजी - बीयस्सी आनर्स (हाल ब्रिटिश आर्मीमा कार्यरत)

 

यही शीलसिलामा सम्पुर्न अविभावकहरुमा पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिनुका साथै अध्यक्ष श्री जीतेन्द्र सुनुवारले यस समाजको गतिब्धीमाथि प्रकाश पार्दै समाजको महत्वलाई बुझ्नु ज़रूरी छ भन्ने कुरामा जोड़ दिनु भएको थियो।

 

कार्यक्रम सुचारू रूपमा चलिरहेको अवस्थामा हाम्रा स्थानीय कलाकारहरूले नाचगान प्रदर्शन गरी रमणीय र उच्च स्तरीय वातावरणको शृजना भएकोमा कुनै शंका नरहेको र हाम्रा आफ्नै स्थानीय कलाकारहरूले पनि स्तरीय कला प्रदर्शन गर्सन सक्ने प्रमाणहरु सावित भएको छ। यस कार्यक्रममा श्रीमती रमिला सुनुवारको ‘आज है राती’ वोलको गीतको एकल नाचले उत्कृष्ट प्रतिभा प्रदर्शनका साथै दर्शकहरुको ध्यानाकर्षण एकीकृत रुपमा तानिरहेको थियो भने श्रीमती प्रतिमा सुनुवारको तामांग सेलो गीतको नाचले उत्तिकै रमणीय वातावरण शृजना भएकोमा दुई मत नहोला भन्ने अडकल गर्न सकिन्छ। महेश सुनुवारको ‘कुटुमा कुटु’ भन्ने गीतको नाचमा केटा र केटी दुवैको भूमिका निभाई स्पेशल मसला थप्नु भएको भएको थियो भने झपट सुनुवार ज्यूको एकल गायनले बुढ्यौली जोश र जांगर अझै पनि उत्तिकै रुपमा जीवित रहेको सावित हुन्छ। निर्मल सुनुवारको एकल गायनमा उत्कृष्ट स्वर मात्र नभई दर्शकहरुलाई मन्त्र मुक्ध पार्नु भएको थियो। आभाष सुनुवारको प्रतिभाशाली स्वर र निर्धक्क अगाडी आएर वोल्न सक्ने छविलाई हेर्दा नानीको भविष्य उज्वल रहेको देखिन्छ। कार्यक्रमको अन्त्यतिर सबै जना आ-आफ्नै खाले गीत बजाई दिन अनुरोध आए पनि अन्त्य तिरको कक्टेल डान्सले भरिपुर्न मनोरन्जन दियों नै होला भन्ने आशा गरिएको छ।

 

आगामी वर्षहरुमा पनि यसरी नै मनाउदै जाऊँ र हामी भित्रको आपसी समझदारी कायमै राखी अगाडी बढ़ौ। यही शुभ कामना सम्पुर्न सुनुवारहरुमा।

सुसेस युके।

More News
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]