किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो।

कार्यक्रमको शुरुमा संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभापतित्वमा सल्लाहकारहरु तथा ज्येष्ठ सदस्यहरु लाई खदा लगाई आशनग्रहण तथा सम्मान गरिएको थियो। उक्त कार्यक्रमका ज्येष्ठ सदस्य श्री नैना बहादुर सुनुवार र अध्यक्षबाट संयुक्त दिपप्रजलन गरी, नेपाल र बेलायतका राष्ट्रियगानहरु बजाइएको थियो भने कार्यक्रमका संयोजक तथा उपाध्यक्ष श्री तेज सुनुवारले स्वागत मन्तव्य गर्नु भएको थियो। 

कार्यक्रमको पहिलो चरणमा सम्मान तथा बधाई कार्यक्रम गरिएको थियो। संस्थाको आजीवन सदस्यता लिनुहुने दाम्पत्य सदस्यहरु श्री भाद्री सुनुवार र श्रीमती बिष्णु सुनुवार लाई 'आजीवन सदस्यता' प्रमाणपत्र द्वारा सम्मान तथा बधाई गरिएको थियो ।  

यसैक्रममा वेलायतको विभिन्न विश्वविद्यालय अन्तर्गत बिगत तिन बर्ष (२०२०, २०२१, २०२२) मा उच्च शिक्षा हासिल गरी दीक्षांत हुनुहुने निम्न विध्यार्थीहरुलाई यस किराँत सुनुवार सेवा समाज बेलायतले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै समाजका अध्यक्ष श्री मनोजकुमार सुनुवारको वाहुलीबाट खादा तथा प्रमाण पत्र बितरण गरिएको थियो। 

1. Mrs. Ramila Sunuwar - BSc. Hons in Adult Nursing 
2. Mr. Sudip Sunuwar - Master of Physics 
3. Miss. Serima Sunuwar - Master of Law 
4. Miss. Prerika Sunuwar - BA Hons in Dance Theatre 
5. Mr, Alish Sunuwar - BSc. Hons in Information and Technology 
6. Miss Anita Sunuwar - BSc. Hons in Adult Nursing
7. Mr. Deneil Sunuwar - Master of Mechanical Engineer 
8. Mr. Durga Kumar Sunuwar - Master of Arts  
9. Mr. Tej Kumar Sunuwar - BA Hons in Global Business Management

दिक्षान्त गर्नुहुने विध्यार्थीहरुको तर्फबाट बोल्नु हुदै सुश्री सेरिमा सुनुवारले आफ्नु छोटो मन्तब्यमा अविभावकहरुलई कृतज्ञता प्रकट गर्दै समाजलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो भने अर्का दिक्षान्त गर्नु हुने श्री तेज कुमार सुनुवारले आफ्नु अनुभब सुनाउदै पढ्नको लागि उमेर कहिले पनि ढिलो नहुने भन्दै अरु सदस्यहरुलाई पनि थप पढाई गर्न प्रोत्साहन गर्नु भएको थियो। 

कार्यक्रमको पहिलो चरणको अन्त्यमा संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारले कार्यक्रममा उपस्थित सम्पूर्ण मनुभाबहरुलाई सम्बोधन गर्नु हुदै, समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आ-आफ्नो क्षेत्रमा प्रतिनिधित्व गरि विभिन्न माध्यमबाट सहयोग र योगदान गर्नु हुने सम्पूर्ण कोइंचहरुलाई धन्यबाद तथा बधाई ब्यक्त गर्नु भएको थियो। 

दोश्रो चरणमा स्थानीय कलाकारहरु, श्री झपट सुनुवारले विभिन्न गीतहरु गएर दर्शकहरु नचाउनु भएको थियो भने श्रीमती प्रतिमा सुनुवारको नृत्य प्रदर्शनमा मनोरंजन लिएका थिए। सुश्री खुशी र कोशेली सुनुवारले राफल टिकटहरु बिक्रि गरी केही प्रतिशत रकम संस्थाको "सुनुवार शैक्षिक सहायता कोष" लागि हस्तारन्तर गर्नु भएको थियो।

बिगतका बर्षमा भन्दा यस बर्ष उपस्थिति संख्यामा कमि रहे तापनि समग्रमा यस २०२२ सालको 'बार्षिक भेटघाट' कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो ।। 

More News
  • Test post title
    Test post content [...]
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]