किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व "शाँदार पिदार" यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ।

पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र अध्यक्ष श्री मनोजकुमार सुनुवार लाई श्यांदर पिदार थानमा सल्लाहकारहरुद्वारा फेटा लगाई  (शिर उचाली) कार्यक्रमको सुरुवात गरिएको थियो ।

दिगतका बर्ष झैँ यसपाली पनि भाले र पोथी ढोले टिमको ढोल र झ्याम्टाको तालमा रोचक नाचहरू गर्दै थान प्रस्थान गरी पुजारी समूह र ज्येष्ठ नागरिकहरू तथा जान्ने बुझ्ने व्यक्तित्वबाट प्रकृति र पितृहरूको सम्मानार्थ सुरो-साहा जगाउन पूजा गरिएको थियो।

कार्यक्रमको विभिन्न अन्तरालमा समूह समुहमा चण्डी नाच गरि अ-आफ्नु तरिकाले मनोरन्जन गर्नु भएको थियो भने टिमको ढोलबाट चण्डीमा नाचिने विभित्च नाच मध्य एक नाच, धोबिनी नाच पनि प्रदर्सन गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा ढोल झ्याम्टाको विभिन्न तालमा थान परिक्रमा गर्दै  पूजारीहरूले पून: थानमा  प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गरी सुरो-साहा-आशीर्वाद बढिएको थियो।

संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारले जातीय सद्भाव लागि आमन्त्रित अन्य संघ संस्थाबाट पाल्नु हुने अथितिहरु र सम्पूर्ण उपस्थित कोइच्बुहरुलाई स्वागत गर्दै 'शाँदार पिदार' को महत्वको बारेमा प्रकाश पार्दै आफ्नु शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अथिति सुनुवार सेवा समाज नेपालको पूर्व अध्यक्ष श्री काली बहादुर सुनुवार लाई चयन गरिएको थियो भने बिशेष अथिति गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष श्री प्रेम गाहा मगर साथै अन्य अथितिहरू तमुधी यूके र मगर संघ यूकेका अध्यक्ष लगाएत शेर्पा संघ यूके, नेपाल आदिवासी जनजाती महासंग बेलायत, किरात राइ यायोक्खा यूके, र  किरात यथुंग चुम्लुङ्ग यूके का पदाधिकारीहरू तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

तस्बिरहरु >>>
More News
  • Test post title
    Test post content [...]
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]