किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

मिति २७ मे २०१७ । किरात सुनुवार सेवा समाज बेलायतको आयोजनमा किरात सुनुवार समुदायले बार्षिक रुपमा मनाउने परम्परागत तथा मौलिक महान पर्ब उभौली "श्यांदर पिदार २०१७”, फार्नबोरोमा भब्य सब्य र सफलताका साथ सम्पन्न भएको छ । बेलायतका विभिन्न ठाउँहरुबाट आउनु भएका सुनुवारहरुको बाग्लो सहभागिता तथा आमन्त्रित विभिन्न संघ संस्थाका अथितिहरुको प्रतक्ष्य उपस्तिथि रहेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीको बिशेष उपस्थितिले कार्यक्रम अझ रोचक बनेको थियो भने यसपालीको श्यांदर सिल प्रतियोगिताले कार्यक्रममा रौनकता थपेको थियो ।

संस्थाको तर्फबाट अध्यक्ष यादव तुर्सुच द्वारा प्रमुख अथिति बेलायतका लागि नेपाल राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदीलाई सुनुवार जातीय भेष, जाली रुमल र कम्बरी तथा उहाँको धर्म पत्नीलाई झुम्के थैली र सियो बसा लगाई स्वागत गरीएको थियो।

यसपालीको श्यांदर सिल प्रतियोगिताको कप बिजेता केन्ट टिम सफल भएका छन् भने दोश्रो स्थानमा लण्डन टिम रहनु भएका छन्।

यस वर्षको सुनुवार जातिको पहिचान, संस्कृति झाल्किने भेषभुषा लगाउनेमा श्रीमति पार्वती सुनुवारलाई उत्कृष्ट मानिएको थियो |

More News
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]
  • वार्षिक साधारण सभा २०२६ (AGM) Clone
    किराँत सुनुवार सेवा समाज बेलायत (KSWSUK)को वार्षिक साधारण सभा (AGM) २४ तारिख, शनिवारका दिन बेलायतको Aldershot स्थित Ozone Restaurant मा सौहार्दपूर्ण, आत्मीय तथा उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।   कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवार ले गर्नुभएको थियो भने सभामा उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार सङ्केत ले स्वागत मन्तव्य दिएका थिए । उक्त [...]
  • “ष्यॉदर पिदार – उभौली” २०२४ |
    25 May 2024| यस बर्ष सन् २०२४ सालमा किराँत सुनुवार सेवा समाज बेलायतले किराँत सुनुवार कोइँच जातीयको आफ्नै परम्परागत मौलिक सांस्कृतिक मुख्य चाड “ष्याँदर पिदार” सदा झैँ भव्यताका साथ सुसम्पन्न गरेको छ। तिथि, मिति र परिस्थिति अनुकुल पारेर गत शनिबार, 25 May 2024 मा Farnborough स्थित Samuel Cody Specialist Sports College को  Community Main Hall मा एक आपसमा शुभकामना आदान प्रदान गर्दै चण्डी [...]