किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

आदिम कालदेखि नै प्रकृती र पितृको सम्मान गर्दै बार्षिक रुपमा सुनुवार जातिले मनाउँदै आएको श्याँदार पिदार किरात सुनुवार सेवा समाज युकेको आयोजनमा सम्पुर्ण बेलायतबासी कोइंच सदस्यहरुको उपस्थितिमा हर्सोल्लाषका साथमा फार्नबोरोमा ६ तारिख मे, शनिबारका दिन सम्पन्न भएको छ । श्याँदार पिदारमा प्रयोग हुने ढोल झ्याम्प्टाको तालतर्तिबलाई कलात्मक ढंगबाट प्रस्त्तुत गर्नुहुने महानुभावहरु तथा सिल प्रस्तुत गर्नु हुने आत्मीय दाजुभाई तथा दिदिबहिनीहरु, पिदारमा संलग्न हुनुहुने सम्पुर्ण अग्रज दाजुहरुमा साथै कार्यक्रमको ब्यवस्थापन पक्षलाई सबल बनाउनमा बिभिन्न रोलमा खटीई आफ्नो जिम्मेवारी पुरा गर्नु हुने सम्पुर्ण भोलेण्टियरहरुमा समाजको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरिएको छ।

समाजको निमन्त्रणामा बेलायत अवस्थित जातिय संस्थाहरु किराया, याक्थुङ चुम्लुङ, मगर संघ, शेर्पा असोसिएसन, तामाङ सोसाइटी अफ युके लगायत ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष ज्युहरुको उपस्थिती रहेकोमा नेपाली राजदूताबासबाट महामहिम राजदूत डा. दुर्गा ब. सुबेदी ज्युले प्रमुख अतिथीको रुपमा उपस्थिती दिनु भएको थियो।

नेपालीको संस्कृतिलाई जोगाई राख्न यसप्रकारको परम्परागत सांस्कृतिक पर्बहरुको आयोजना नियमित रुपमा आयोजना गर्न सफल भएमा भाबी सन्ततीहरुले समेत सिक्ने र बुझ्ने अवसर पाउनुको साथै आफ्नो सांस्कृतिक पहिचान जिवन्त रहने बिश्वास लिन सकिन्छ भनेर प्रमुख अतिथी महामहिम राजदूत ज्यूले शुभकामना सन्देश मन्तब्य प्रकट गर्नु भयो।

More News
  • किसुसेस बेलायतको नियमित बार्षिक साधारण सभा २०२४ |
    7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार [...]
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]