किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518
किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो ।

कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका कार्यक्रम संयोजक तथा उपाध्यक्ष तेज सुनुवारले आफ्नु मन्तव्य द्वारा उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो


संस्थाका अध्यक्ष मनोजकुमार सुनुवारको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरु, सल्लाहकारहरु तथा पूर्व सल्लाहकारहरु पूर्व पदाधिकारीहरुलाई आसन ग्रहण तथा खाद लगाई संस्थाको तर्फबाट ससम्मान गरिएको थियो




संस्थापक अध्यक्ष समयमा उपस्थित हुन नसक्नु भएको अबस्थामा निबर्तमान अध्यक्ष तथा सल्लाहकार जितेन्द्र सुनुवार र संस्थाका अध्यक्ष मनोजकुमार सुनुवार द्वारा संयुक्त रुपमा दियो प्रजलन गरी राष्ट्रिय गीत (Nepali & British Anthem) बजाई कार्यक्रमको समुद्घाटन गरिएको थियो।



बिगतका बर्षहरुमा झै बिभित्ता विधाहरुमा अभिनन्दन गर्ने क्रममा सर्बप्रथम संस्थाले सदस्यता सुलक बापत एक मुष्ठ Married Couple £5०० or Individual £300 तिर्नु हुने सदस्यतालाई आजीवन सदस्यता ((Life Membership) पुरस्कृत गरिने प्राबधान बमोजिम सदस्यता नम्बर 178 प्रकाश सुनुवार 'निराकार' र सदस्यता नम्बर 179 श्रीमति निजम राई सुनुवार ज्यूहरूलाई आजीवन सदस्यता प्रमाणपत्र दिई खाद लगाई बधाई तथा सम्मान गरिएको थियो।



हाल सालै उच्च शिक्षा हासिल गर्नु हुने (Graduation Ceremony) विद्यार्थीहरु श्री साहिल सुनुवार (Bachelor of Science in Economists and Management) र श्री देयान मुखिया सुनुवार (Master of Science Cyber Security in Computer Science) लाई संस्थाको तर्फबाट बधाई तथा शुभकामना प्रमाण पत्र द्वारा उज्जल भविष्यको शुभ कामना गरिएको थियो ।





सामाजिक तथा व्यक्तिगत रुपमा बिशेष उन्नति प्रगति र उपलब्धि हासिल गर्नु हुने क्रममा ब्रिटिश आर्मी तथा नौसेनामा बिशेष पदोउन्नति गर्नु हुने निम्ना व्यक्ति-व्यक्तित्वहरुलाई प्रशंसा सरुप बधाई तथा शुभकामना प्रदान गरिएको थियो।
  1. Maj Subaraj Sunuwar, Queens's Gurkha Signals
  2. Capt Nabin Sunuwar, Royal Signals
  3. WO1 Lok Sunuwar, Queen's Own Gurkha Logistic Regiment
  4. CPO Bhola Kumar Sunuwar, Royal Navy

अभिनन्दन गर्ने क्रमको अन्त्यमा संस्थाका अध्यक्ष द्वारा आफ्ना कार्यसमितिहरुलाई पनि धन्यवाद स्वरुप खाद लगाई ससम्मान गर्नु भएको थियो।



सम्मान, बधाई र धन्यवाद दिने कार्यक्रमका साथ साथै हाल नेपाल बाट युके भ्रमणमा रहनु भएका सुनुवार बन्धुहरुलाई पनि स्वागत तथा सफल भ्रमणको शुभेक्षा गरिएको थियो।







संस्थालाई आबश्यक पर्ने सम्भावित जग्गा खरिदको पारम्भिक अनुसन्धानका लागि संस्थापक सचिव केदार संकेत सुनुवारको संयोजकत्वमा ५ सदस्यी कार्यदल खडा गरी कार्यसमितिलाई पहिलोचरणको प्रतिवेदन प्राप्त भएको जानकारी गराउदै संयोजकबाट संस्थालाई जग्गा खरिदको आबश्यकता र खरित प्रक्रियाको सन्क्षिप्त रुपमा आफ्नु बक्तव्य प्रस्तुत गर्नु भएको थियो भने सल्लाहकार तथा पूर्व अध्यक्ष जंग सुनुवार र संस्थापक अध्यक्ष बिजय मुखिया ले आ-आफ्नु आवधरण राख्नु भएको थियो।





बक्तव्यको अन्त्यमा कार्यक्रमका अध्यक्षता गरिरहनु भएका संस्था अध्यक्ष मनोजकुमार सुनुवारले सहभागी तथा सहयोगी सम्पुर्णलाई धन्यबाद दिदै

संस्थाले नेपाल शैक्षिकसत्र २०८०/८१ को लागि जना आर्थिक बिपन्न जेहन्दार कोइंच विद्यार्थीहरुको छनौट गरी प्रति व्यक्ति रु २०००० (जम्मा रु १४००००) आर्थिक सहयोग रकम प्रदान गरेको जानकारी गराउनुका साथ साथै अन्य तय भएका कार्य योजनाहरुको जानकारी गराउनु भएको थियो।


पहिलो चरणको कार्यक्रमको अन्त्यमा मेजर सुबराज सुनुवार संस्थाका अध्यक्ष मनोज कुमार सुनुवार द्वारा Happy 16th Anniversary को Cake Cutting गरी Celebration गरिएको थियो।




यसपालिको मनोरंजन कार्यक्रमका लागि सल्लाहकार यादव तुर्सुचाको संयोजकत्वमा नेपालबाट आउनु भएका राष्ट्रिय लोक कलाकारहरुलाई पनि निमन्त्रण गरिएको थियो। स्थानीय कोइञ्च कलाकारहरु र अथिति कलाकारहरुलाई स्वागत गरी पारम्भ गरिएको उक्त मनोरंजन कार्यक्रममा पहिलो चरणमा स्थानीय कोइञ्च कलाकारहरु, गायक निर्मल सुनुवारले गीतहरु गाउनु भएको थियो भने पवि सुनुवार र सपना लामाले युगल नृत्य प्रस्तुत गर्नु भएको थियो  साथै पारश सुनुवारको युवा टोलीबाट आफ्ना सांगीतिक प्रस्तुति गर्नु भएको थियो भने आभाष सुनुवारले English Song गएर मनोरंजन गराउनु भएको थियो।













मनोरंजन कार्यक्रमको दोश्रो चरणमा अथितिकलाकारहरु गायक मनसुधन थापा मगरको टिम, नेपाल बाट आउनु भएको राष्ट्रिय लोक गायक पबित्र सर्तुंगे मगर र मगर संघ युकेको मगर गट ट्यालेन्ट २०२२ का बिजेता डान्सर स्वेक्षा तिलिजा पुनमगरले विभिन्न पश्चिमी र पूर्वेली भाकाका गीतहरु र नृत्यहरु प्रदर्सन गरी भरपुर मनोरंजन गराउनु भएको थियो।







'शिक्षा नै समुदाय विकाशको मूल आधार' भन्ने नारालाई आत्मसात गरी स्थापित गरिएको सुनुवार शैक्षिक सहायता कोष संकलनका लागि, संस्थाका उपाध्यक्ष तथा कोषका Chairperson प्रकाश सुनुवार ' निरकार' को संयोजकत्व संचालित Raffle draw बाट कोषलाई £200 संकलन भएको थियो। साथै बिशेष उन्नति प्रगति गर्नु हुने प्रोमोटिज Maj Subaraj Sunuwar, QGS £250 and Capt Nabin Sunuwar, £250 बाट कोषलाई सहयोग रकम प्रदान गर्नु भएको थियो ।







गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting मा Raffle Draw को लागि प्रायोजक गर्नु हुने तथा संकलनको लागि बिशेष सहयोग गर्नु हुने र आर्थिक सहयोग रकम प्रदान गर्नु हुने सम्पूर्ण मनुभाबहरुलाई कोषको तर्फबाट कोषका Chairperson, उपाध्यक्ष प्रकाश सुनुवार ज्युले बिशेष धन्यवाद व्यक्त गर्नु भएको थियो। कार्यक्रम संयोजक तथा उपाध्यक्ष तेज सुनुवार ज्यूले कार्यक्रमको सबै छेत्रमा सहयोग गर्नु हुने सम्पूर्ण कार्यसमितिहरु तथा Volunteers सहयोगीहरुलाई आफ्नु तर्फबाट धन्यवाद दिनु भएको थियो।



कार्यक्रममा केही टेक्निकल त्रुटी र भूलसुधार अवस्था आएता पनि समग्रमा यस संस्थाको १६ औ स्थापना बार्षिक उत्सब सरल र सहजताका साथ सुसम्पन्न भएको निस्कर्ष पुगेको भन्दै यस संस्थाका अध्यक्ष मनोजकुमार सुनुवार ज्यूले उक्त कार्यक्रममा आफ्नु कार्य छेत्रमा जिम्मेवारी बहन गर्नु हुने सम्पूर्ण कार्यसमिति तथा Volunteers हरु र  अथिति कलाकारहरुलाई बिधाई दिने क्रममा धन्यबाद सरुप प्रदान गरिएको £930 पुरुस्कारको लागि आफ्नु स्वैच्छ्ले रकम सहयोग गर्नु हुने सम्पूर्ण मनुभाबहरुलाई संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै  प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने र कार्यक्रममा उपस्थिति भै कार्यक्रम सफल वनाउन सहयोग गर्नु हुने सम्पूर्ण कोइञ्च बन्धुहरुलाई संस्थाको तर्फ बाट र व्यक्तिगत रुपमा पनि धन्यवाद तथा बधाई दिनु भएको थियो ।


KSWSUK 16th Anniversary - Photograph >>> 

More News
  • किसुसेस बेलायतको नियमित बार्षिक साधारण सभा २०२४ |
    7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]
  • १४ औ बार्षिक भेटघाट !
    कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो। [...]