किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो।

कार्यक्रमको शुरुमा संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभापतित्वमा सल्लाहकारहरु तथा ज्येष्ठ सदस्यहरु लाई खदा लगाई आशनग्रहण तथा सम्मान गरिएको थियो। उक्त कार्यक्रमका ज्येष्ठ सदस्य श्री नैना बहादुर सुनुवार र अध्यक्षबाट संयुक्त दिपप्रजलन गरी, नेपाल र बेलायतका राष्ट्रियगानहरु बजाइएको थियो भने कार्यक्रमका संयोजक तथा उपाध्यक्ष श्री तेज सुनुवारले स्वागत मन्तव्य गर्नु भएको थियो। 

कार्यक्रमको पहिलो चरणमा सम्मान तथा बधाई कार्यक्रम गरिएको थियो। संस्थाको आजीवन सदस्यता लिनुहुने दाम्पत्य सदस्यहरु श्री भाद्री सुनुवार र श्रीमती बिष्णु सुनुवार लाई 'आजीवन सदस्यता' प्रमाणपत्र द्वारा सम्मान तथा बधाई गरिएको थियो ।  

यसैक्रममा वेलायतको विभिन्न विश्वविद्यालय अन्तर्गत बिगत तिन बर्ष (२०२०, २०२१, २०२२) मा उच्च शिक्षा हासिल गरी दीक्षांत हुनुहुने निम्न विध्यार्थीहरुलाई यस किराँत सुनुवार सेवा समाज बेलायतले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै समाजका अध्यक्ष श्री मनोजकुमार सुनुवारको वाहुलीबाट खादा तथा प्रमाण पत्र बितरण गरिएको थियो। 

1. Mrs. Ramila Sunuwar - BSc. Hons in Adult Nursing 
2. Mr. Sudip Sunuwar - Master of Physics 
3. Miss. Serima Sunuwar - Master of Law 
4. Miss. Prerika Sunuwar - BA Hons in Dance Theatre 
5. Mr, Alish Sunuwar - BSc. Hons in Information and Technology 
6. Miss Anita Sunuwar - BSc. Hons in Adult Nursing
7. Mr. Deneil Sunuwar - Master of Mechanical Engineer 
8. Mr. Durga Kumar Sunuwar - Master of Arts  
9. Mr. Tej Kumar Sunuwar - BA Hons in Global Business Management

दिक्षान्त गर्नुहुने विध्यार्थीहरुको तर्फबाट बोल्नु हुदै सुश्री सेरिमा सुनुवारले आफ्नु छोटो मन्तब्यमा अविभावकहरुलई कृतज्ञता प्रकट गर्दै समाजलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो भने अर्का दिक्षान्त गर्नु हुने श्री तेज कुमार सुनुवारले आफ्नु अनुभब सुनाउदै पढ्नको लागि उमेर कहिले पनि ढिलो नहुने भन्दै अरु सदस्यहरुलाई पनि थप पढाई गर्न प्रोत्साहन गर्नु भएको थियो। 

कार्यक्रमको पहिलो चरणको अन्त्यमा संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारले कार्यक्रममा उपस्थित सम्पूर्ण मनुभाबहरुलाई सम्बोधन गर्नु हुदै, समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आ-आफ्नो क्षेत्रमा प्रतिनिधित्व गरि विभिन्न माध्यमबाट सहयोग र योगदान गर्नु हुने सम्पूर्ण कोइंचहरुलाई धन्यबाद तथा बधाई ब्यक्त गर्नु भएको थियो। 

दोश्रो चरणमा स्थानीय कलाकारहरु, श्री झपट सुनुवारले विभिन्न गीतहरु गएर दर्शकहरु नचाउनु भएको थियो भने श्रीमती प्रतिमा सुनुवारको नृत्य प्रदर्शनमा मनोरंजन लिएका थिए। सुश्री खुशी र कोशेली सुनुवारले राफल टिकटहरु बिक्रि गरी केही प्रतिशत रकम संस्थाको "सुनुवार शैक्षिक सहायता कोष" लागि हस्तारन्तर गर्नु भएको थियो।

बिगतका बर्षमा भन्दा यस बर्ष उपस्थिति संख्यामा कमि रहे तापनि समग्रमा यस २०२२ सालको 'बार्षिक भेटघाट' कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो ।। 

More News
  • किसुसेस बेलायतको नियमित बार्षिक साधारण सभा २०२४ |
    7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार [...]
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]