किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

आज मिति १८ तारिख मे आइतबार कोइंच जातिको महान चाड स्यांदर पिदार कार्यक्रम २०१४ फार्नबोरोमा सम्पन्न भयो । कार्यक्रममा बेलायतमा बसोबास गरिरहनु भएका कोइंचबन्धुहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

स्यांदर पिदार नै हामी सुनुवार जातिको बिबिध पहिचान मध्ये एउटा प्रमुख पहिचान हो भन्ने आम सुनुवारहरुमा आत्मबोध भएको कारणले नै बिदेशी भुमिमा रहेर पनि हामी भेला भई कार्यक्रमलाई सफल बनाउन सबैले आआफ्नो तर्फबाट प्रयास गरिएको हुनाले नै कार्यक्रम सफल रहनुको साथै सार्थक पनि रहयो । आफ्नो जातिगत सांस्कृतिक पहिचानलाई हामीले परित्याग गर्दैनौं र हामी जहाँ जहाँ पुग्छौं त्यहाँ त्यहाँ हाम्रो संस्कार, संस्कृति पनि संगसंगै पुगेको हुन्छ भन्ने प्रमाणलाई अझ बलियो रुपमा प्रस्तुत गर्न सफल भएको देखिन्थ्यो, यो कार्यक्रम ।

कार्यक्रम आयोजनाको सन्दर्भमा छुटपुट त्रुटीहरु अवश्य पनि भएको हुन सक्छ, उक्त त्रुटीहरुलाई केलाएर त्यस सम्बन्धी जानकारी वा प्रतिकृयाहरुका साथमा सुझावहरु समितिमा प्राप्त भएको खण्डमा आगामी दिनहरुमा संचालन गरिने कार्यक्रमहरुमा आवश्यक सुधार ल्याउन सकिने बिश्वासका साथ सम्पुर्ण उपस्थित कोइंचहरु तथा भोलण्टीयर खटिनु भएका सम्पुर्ण साथिहरुमा किरात सुनुवार सेवा समाज बेलायत हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

सुसेस बेलायतको बार्षिक उत्सब मनाउने सन्दर्भमा समितिले आवश्यक ब्यवस्थापनको निमित्त पहल गरिरहेको र उक्त कार्यक्रमको स्वरुप बारेमा बिस्तृत बिवरण सहित आवश्यक शिघ्र जानकारी गराइने छ ।

More News