किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518
7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार (सदस्यता ७२१) को दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिको थियो।

कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री तेज सुनुवारले नव वर्ष सन् २०२४ र हामी किराँतीहरुको येलम संबत् येले थोचे ५०८४ को शुभकामना दिनु हुदै उपस्थित सम्पूर्ण मनुभबहरुलाई स्वागत गर्नु भएको थियो।

कोषाध्यक्ष श्री इन्द्र सुनुवार द्वारा गत बर्ष २०२३ को सम्पूर्ण आर्थिक आयबिय बिवरण प्रस्तुत गर्नु भएको थियो भने संयोजकको अनपस्थितिमा कार्यक्रम संचालक सचिब श्री गीतराज सुनुवारले संस्थाको सामान सम्पति बिवरण प्रस्तुत गर्नु भएको थियो।

संस्थाको सुनुवार शैक्षिक सहायता कोषबाट नेपाल शैक्षिकसत्र २०८० को लागि कोषको संचालक समितिको निर्णय बमोजिम पूर्व निर्धारित समयतालिकानुसार नेपालमा जम्मा ७ जना विद्यार्थीहरुलाई संस्थाका प्रायोजक सदस्यहरु मार्फत सम्पूर्ण सहयोग रकमहरु हस्तान्तरण गरिसकेको जानकारी गरिएको थियो । "शिक्षा नै समुदाय विकाशको मूल आधार" भन्ने नारा सहित यस संस्थाले आफ्नु सुनुवार शैक्षिक सहायता कोष समिति मार्फत नियमित बार्षिक रुपमा सुनुवार समुदायका आर्थिक बिपन्न विद्यार्थीहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।

"अहिले नकिने कहिले  किन्ने, हामीले नकिने कसले किन्ने" सोचका साथ गत मिति सन् १८ मार्च २०२३ मा श्यांदर पिदार २०२३ को कार्यक्रम समन्वय बैठकमा सम्भावित जग्गा खरिदका लागि पारम्भिक अनुशन्धान गर्नको निमित्त ५ सदसिय कार्यदल जसका संयोजक श्री केदार संकेत सुनुवार, श्री प्रकाश सुनुवार, श्री चन्द्र सुनुवार, श्री आकाश सुनुवार र पदेन सचिब चयन गरिएको थियो। संयोजक श्री केदार संकेत सुनुवार द्वारा सन् ११ जून २०२३ मा श्यांदर पिदार २०२३ को कार्यक्रम समीक्षा बैठकमा पहिलो अनुशन्धानको प्रतिवेदन पेश गराउनु भएको थियो भने सन् ५ अगष्ट २०२३ मा यस संस्थाको १६ औ स्थापना वार्षिक उत्सब कार्यक्रममा पनि सन्क्षिप्त रुपमा प्रकाश पारिदिनु भएको थियो। उक्त प्रतिवेदनको आधारका साथ साथै संस्थाको आफ्नै प्राबिधिक पक्षहरु उपर पनि अन्य थप अनुशन्धानहरु गरी त्यसको समधान पहिचान गरेर मात्र संस्थालाई आवश्यक पर्ने जग्गा खरिद गर्ने प्रस्ताब ल्याउनु पर्ने छलफल भएको थियो।

अध्यक्ष श्री मनोजकुमार सुनुवारले संस्थागत भैपरी आएका विभिन्न अपिल-सहयोगहरु तथा गरिएका संस्थाको मुख्य मुख्य कार्यक्रमहरुका साथै बिभिन्न संघ संस्थाहरु संगको अन्तरक्रियाहरुको सम्पूर्ण गतिविधिहरु क्रमिक रुपमा आफ्नु प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको थियो। आफ्नु दोश्रो बर्षको कार्यकाल यसरी सम्पन्न हुनुमा कार्यसमितिहरु, सल्लाहकारहरु र सम्पूर्ण यूकेबाशी सुनुवार बन्धुहरुको साथ-सहयोग र यस संस्था प्रतिको समर्पण रहेको भन्दै आगामी दिनहरुमा पनि अझै साथ-सहयोग र हौसलाको जरुरी रहेको औलाउनु भएको थियो।

उपस्थित सल्लाहकारहरु निवर्तमान अध्यक्ष श्री जितेन्द्र सुनुवार, श्री यादव तुर्सुचा र श्री छत्र सुनुवारले आ-आफ्नु मन्तव्य मार्फत सल्लाह सुझाब र कार्यसमितिहरुलाई धन्यबाद दिनु भएको थियो।

कार्यक्रमको अन्त्यमा सचिवको मिनेटिंग वाचन पश्चात संस्थाका उपाध्यक्ष श्री प्रकाश सुनुवारले उपस्थित सदस्यहरुलाई धन्यबाद दिदै संस्थालाई यसरी नै हतोत्साहित नभई निरन्तर अगाडि लैजानु पर्नेमा जोड दिदै कार्यक्रम समापन गर्नु भएको थियो।

More News
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]
  • १४ औ बार्षिक भेटघाट !
    कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो। [...]