किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
25 May 2024| यस बर्ष सन् २०२४ सालमा किराँत सुनुवार सेवा समाज बेलायतले किराँत सुनुवार कोइँच जातीयको आफ्नै परम्परागत मौलिक सांस्कृतिक मुख्य चाड "ष्याँदर पिदार" सदा झैँ भव्यताका साथ सुसम्पन्न गरेको छ। तिथि, मिति र परिस्थिति अनुकुल पारेर गत शनिबार, 25 May 2024 मा Farnborough स्थित Samuel Cody Specialist Sports College को  Community Main Hall मा एक आपसमा शुभकामना आदान प्रदान गर्दै चण्डी नाचहरु गरी बडो हर्षोल्लास एवं उमंगको साथ मनाइएको थियो| यस संस्थाको स्थापनाकाल २००७ साल देखि बेलायतबाशी कोइँचहरुले आफ्नु जातीय पहिचानलाई जर्गेरना गर्नको निमित्त आफ्नु चाड, कला संस्कृति, रितिरिवाज, भेषभुषा र भाषा लाई निरन्तरता दिइरहेको छ|

कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष मनोजकुमार सुनुवारको सभाध्यक्षतामा जातीय सद्भावको निमित्त यस संस्थाको निमन्त्रणामा विभिन्न संघ संस्थाबाट पाल्नु हुने अथितिहरुलाई कार्यक्रम संयोजक तथा उपाध्यक्ष तेज कुमार सुनुवारले खदा लगाई स्वागत तथा अशान ग्रहण गराउने कार्य भएको थियो| कार्यक्रमको प्रमुख अतिथिको रुपमा, नेपाल सुनुवार सेवा समाजको केन्द्रिय पूर्व अध्यक्ष तथा हाल यस संस्थाका जेष्ठ नागरिक श्री काली बहादुर सुनुवार ज्यूले प्रमुख अथितित्व ग्रहण गर्नु भएको थियो|

बिशेष अथितिहरु Third Secretary of Nepal Embassy London, UK श्री गजेन्द्र राई र President of Non-Resident Nepalese Association, UK श्री प्रेम गाहा मगर को उपस्थिति थियो भने Kirat Rai Yayokkha UK का Chairman Maj Retd श्री योगेश राई, Kirat Yakkha Chhumma UK का Senior Vice President श्री बुधिराज लिम्बुखिम, र Kirat Yakthung Chumlung UK को तर्फबाट General Secretary श्री जुरेन्द्र खाजुम, Magar Association UK बाट General Secretary श्री गुमन मगरको उपस्थिति थियो|

संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारले सम्पूर्ण बेलायतबाशी सुनुवारहरुको नाममा र उपस्थित अथितिहरुलाई किराँत सुनुवार जातियको येले थिचे सम्बत ५०८४ सालको "ष्याँदर पिदार" चाडको पावन अबसरमा आफ्नु हार्दिक मंगलमय शुभाकमाना साथै धन्यवाद ज्ञापन मन्तव्य दिनु भएको थियो| दोय बिशेष अथितिहरुको आ-आफ्नु शुभाकमाना मन्तव्य संगै पहिलो चरणको कार्यक्रम सम्पन्न भएको जानकारी कार्यक्रम संचालक सचिब गितराज सुनुवारले अबगत गराउनु भएको थियो|

ढोल टीमहरूको पिदार थान आगामन सगै संस्थाका अध्यक्ष र प्रमुख अथिति द्वारा पुजारी धामी श्री लोक बहादुर सुनुवार र धनुकांडमा श्री बद्री याता सुनुवार लाई फेटा शिरोपर गरी अन्य जान्ने बुज्ने सुनुवार व्यक्तित्वहरू द्वारा ष्याँदर पिदार नम्दार कार्य अर्थात प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गर्नु भएको थियो| भाले र पोथी ढोल टीमको रोचक आगामन प्रस्तुतिले अथितिहरु र अन्य दर्शकहरुको ध्यान खिचेको थियो| ढोल टीमले छुट्टै एक धोबिनी नाच पनि प्रदर्शन गर्नु भएको थियो| साथ साथै उपस्थित महानुभाबहरुले समुह-समुहमा चण्डी सिल-नाच गरी भरपुर मनोरंजन गर्नु भएको देखिन्थियो|

कार्यक्रमको अन्त्यमा उतिकै महत्त्वपुर्णका साथ पुजारीहरु द्वारा शुरो चोथाउने वा सोरो पुराउनका लागि गरिने पूजा आराधन र ढोल टिमहरुले ढोल झ्याम्टाको विभिन्न तालमा थान परिक्रमा गर्दै चण्डी सिलहरु प्रदर्शन गरी सन् २०२४ को "ष्याँदर पिदार" समापन गरेको थियो|

सदस्यताहरुको उपस्थिति, सहयोगी साथ र सर-सुझाबले उचित र सरल व्यबस्थापन गर्न / गराउन सहयोग पुगेकै कारणले बिगतका जस्तै यस संस्थाको सन् २०२४ सालको "ष्याँदर पिदार" पनि भव्यताका साथ सुसम्पन्न भएको थियो|

More News
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]