किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व "शाँदार पिदार" यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ।

पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र अध्यक्ष श्री मनोजकुमार सुनुवार लाई श्यांदर पिदार थानमा सल्लाहकारहरुद्वारा फेटा लगाई  (शिर उचाली) कार्यक्रमको सुरुवात गरिएको थियो ।

दिगतका बर्ष झैँ यसपाली पनि भाले र पोथी ढोले टिमको ढोल र झ्याम्टाको तालमा रोचक नाचहरू गर्दै थान प्रस्थान गरी पुजारी समूह र ज्येष्ठ नागरिकहरू तथा जान्ने बुझ्ने व्यक्तित्वबाट प्रकृति र पितृहरूको सम्मानार्थ सुरो-साहा जगाउन पूजा गरिएको थियो।

कार्यक्रमको विभिन्न अन्तरालमा समूह समुहमा चण्डी नाच गरि अ-आफ्नु तरिकाले मनोरन्जन गर्नु भएको थियो भने टिमको ढोलबाट चण्डीमा नाचिने विभित्च नाच मध्य एक नाच, धोबिनी नाच पनि प्रदर्सन गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा ढोल झ्याम्टाको विभिन्न तालमा थान परिक्रमा गर्दै  पूजारीहरूले पून: थानमा  प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गरी सुरो-साहा-आशीर्वाद बढिएको थियो।

संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारले जातीय सद्भाव लागि आमन्त्रित अन्य संघ संस्थाबाट पाल्नु हुने अथितिहरु र सम्पूर्ण उपस्थित कोइच्बुहरुलाई स्वागत गर्दै 'शाँदार पिदार' को महत्वको बारेमा प्रकाश पार्दै आफ्नु शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अथिति सुनुवार सेवा समाज नेपालको पूर्व अध्यक्ष श्री काली बहादुर सुनुवार लाई चयन गरिएको थियो भने बिशेष अथिति गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष श्री प्रेम गाहा मगर साथै अन्य अथितिहरू तमुधी यूके र मगर संघ यूकेका अध्यक्ष लगाएत शेर्पा संघ यूके, नेपाल आदिवासी जनजाती महासंग बेलायत, किरात राइ यायोक्खा यूके, र  किरात यथुंग चुम्लुङ्ग यूके का पदाधिकारीहरू तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

तस्बिरहरु >>>
More News
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]
  • १४ औ बार्षिक भेटघाट !
    कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो। [...]
  • Shyandar 2022शाँदार पिदार – २०२२ सम्पन्न
    बेलायतमा महामारी बिरुद्ध केहि सहजता आए संगै यस बर्ष (२०२२) को 'शाँदार पिदार' गत मिति २१ मे २०२२, फार्नबोरो स्थित स्यामूल कोड़ी कमुनिटी हलमा पुन: नयाँ जागरुग हर्षोल्लास र जीवित खुशियालीका साथ मनाएका छन्। [...]