किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

मिति २७ मे २०१७ । किरात सुनुवार सेवा समाज बेलायतको आयोजनमा किरात सुनुवार समुदायले बार्षिक रुपमा मनाउने परम्परागत तथा मौलिक महान पर्ब उभौली "श्यांदर पिदार २०१७”, फार्नबोरोमा भब्य सब्य र सफलताका साथ सम्पन्न भएको छ । बेलायतका विभिन्न ठाउँहरुबाट आउनु भएका सुनुवारहरुको बाग्लो सहभागिता तथा आमन्त्रित विभिन्न संघ संस्थाका अथितिहरुको प्रतक्ष्य उपस्तिथि रहेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीको बिशेष उपस्थितिले कार्यक्रम अझ रोचक बनेको थियो भने यसपालीको श्यांदर सिल प्रतियोगिताले कार्यक्रममा रौनकता थपेको थियो ।

संस्थाको तर्फबाट अध्यक्ष यादव तुर्सुच द्वारा प्रमुख अथिति बेलायतका लागि नेपाल राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदीलाई सुनुवार जातीय भेष, जाली रुमल र कम्बरी तथा उहाँको धर्म पत्नीलाई झुम्के थैली र सियो बसा लगाई स्वागत गरीएको थियो।

यसपालीको श्यांदर सिल प्रतियोगिताको कप बिजेता केन्ट टिम सफल भएका छन् भने दोश्रो स्थानमा लण्डन टिम रहनु भएका छन्।

यस वर्षको सुनुवार जातिको पहिचान, संस्कृति झाल्किने भेषभुषा लगाउनेमा श्रीमति पार्वती सुनुवारलाई उत्कृष्ट मानिएको थियो |

More News
  • १६ औ स्थापना बार्षिक उत्सब |
    किराँत सुनुवार सेवा समाज बेलायतको १६ औ स्थापना बार्षिक उत्सब गत मिति सन् ५ अगष्ट २०२३ मा Sandhurst Community Hall भएको थियो र उक्त कार्यक्रम सरल र सहजताका साथ सुसम्पन्न भएको, गत मिति सन् १३ अगस्ट २०२३ मा Virtual Zoom मार्फत बसेको Post Meeting ले निष्कर्ष निकालेको थियो । कार्यक्रमको पाराम्भमा संस्थाका सचिब गितराज सुनुवार बाट Health & Safety and Admin Points को briefing साथ साथै संस्थाका [...]
  • श्यॅादर पिदार २०२३।
    6 May 2023 | स्थापनाकाल २००७ साल देखि किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको किराँत सुनुवार जातिको आफ्नै मौलिक परम्परागत सांस्कृतिक पर्व “शाँदार पिदार” यसपाली  मिति ६ में २०२३, शनिबारको दिन फानब्रोरो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ। पुजारी समुह धाँमी-नाग्शो (पूजारी) श्री लोक सुनुवार साथै धनुकांड श्री बद्री याता सुनुवार र [...]
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]
  • १४ औ बार्षिक भेटघाट !
    कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो। [...]