किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

शनिबार ६ अप्रिल २०१९, लण्डन । किरात सुनुवार सेवा समाज बेलायतको छैटौं अधिबेसन ६ अप्रिल शनिबार लण्डनमा सम्पन्न भएको छ । अधिबेसनले अध्यक्ष श्री यादब तुर्सुचा ज्युद्वारा बिगत तीन बर्षको अवधीमा संस्थाको गतिबिधीको बारेमा प्रस्तुत गर्नु भएको रिपोर्ट अनुमोदन गरेको थियो । संस्थाले पारित गरेका बिभिन्न निर्णयहरु लगायत सुनुवार एजुकेसन फण्ड आधिकारिक रुपमा स्थापना गरी आवश्यक कामकारबाही अघी बढिरहेको बारेमा सचिव श्री प्रकाश सुनुवार ज्युको प्रस्तुती र कोषाध्यक्ष श्री मनोज सुनुवार ज्यु द्वारा प्रस्तुत गरिएका आर्थिक प्रतिबेदन सर्बसम्मतीले पारित गरिएको थियो भने पोपर्टी कोअर्डिनेटर श्री तेज सुनुवार ज्युद्वारा मौजुदा प्रोपर्टीको हिसाबकिताब प्रस्तुत गर्नु भएको थियो ।

बरिष्ठ सल्लाहकार श्री बीर बहादुर सुनुवार लगायत संस्थापक अध्यक्ष/सल्लाकार श्री बिजय मुखिया ज्युले संस्थाको स्थापनाकाल देखी अहिले सम्ममा यस समाजले भोगिरहेका उतारचाढवहरुको बारेमा प्रकाश पार्दै संस्थालाई बलियो बनाउनका लागी कार्यसमितिको बिशेष अनि महत्वपुर्ण भूमिका रहने कुरोलाई नकार्न सकिन्न भन्दै कार्यसमिती सृजनसिल हुनुको साथसाथै समाजका सम्पुर्ण सदस्यहरु प्रती उत्तरदायी भएर काम गर्न सकेमा भबिष्यमा संस्थाले अझ ठुलो सफलता हासिल गर्दै जानेमा बिश्वासत रहन सकिन्छ भनेर आफ्ना मन्तब्व प्रकट गर्नु भएको थियो । यस समाजका सल्लाहकार/पूर्व अध्यक्ष श्री मोतिराज सुनुवार ज्यु, सल्लाहकार श्री मुकुन्द सुनुवार ज्यु, सल्लाहकार श्री गोपाल सुनुवार ज्यु, सल्लाहकार श्री मोहन सुनुवार ज्युहरुले पनि आगामी दिनहरुमा समाजले गर्न पर्ने महत्वपुर्ण कामहरुलाई प्राथमिकिकरण गरेर सफलताका साथ सम्पन्न गर्नको लागी "संधै अनि सबै" एकजुठ भएर अगाडी जानु पर्ने बिषयमा जोड दिनु पर्छ भनेर आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रमको अन्तिम चरणमा निबर्तमान कार्यसमितिको तीन बर्षको कार्यकाल समाप्त भएको र आगामी तीन बर्षको लागी नयाँ कार्यसमितिको लागी निबर्तमान अध्यक्ष श्री यादब तुर्सुचा ज्युले प्रस्तुत गर्नु भएको पदाधिकारीहरुको नामावली सर्बसम्मतीबाट पारित गरिएको थियो । नयाँ कार्यसमितिको लागी श्री जितेन्द्र सुनुवार ज्यु अध्यक्षमा र वहाँको नेतृत्वमा तीनजना उपाध्यक्षमा क्रमश: श्री मनोज सुनुवार, श्री चित्र सुनुवार र श्री कमलराज सुनुवार रहनु भएको छ । त्यस्तैगरी सचिबमा श्री तेज सुनुवार ज्यु, उपसचिबमा सुश्री सार्दा सुनुवार रहनु भएको छ भने कोषाध्यक्षमा श्री गीतराज सुनुवार र सहकोषाध्यक्षमा श्री पदम सुनुवार चयन हुनु भएको छ । साथै बाँकी सदस्यहरु आवश्यकता अनुसार नयाँ कार्यसमितिको आगामी बैठकले तय गर्ने छ । सर्बसम्मतीमा चयन हुनु भएका कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुले बिधान अनुरुप उपस्थित सल्लाहकार ज्युहरुको रोहबरमा बरिष्ठ सल्लाहकार श्री बीर बहादुर सुनुवार ज्यु समक्ष सफथ लिनु भएको थियो । साथै वहाँहरुलाई कार्यकालको सफलताको लागी अधिबेसनमा उपस्थित सम्पुर्ण महानुभावहरुले हार्दिक शुभकामना आदान प्रदान गरिएको थियो ।

More News
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]