किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
7 January 2024 | किराँत सुनुवार सेवा समाज बेलायतले आफ्नु नियमित बार्षिक साधारण सभा २०२४ गत मिति सन् ७ जनूवरी २०२४ मा अल्डरशट स्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न गरेको थियो। संस्थाको अध्यक्ष श्री मनोजकुमार सुनुवारको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा गत बर्ष २०२३ मा देवाशन हुनुभएका सदस्यहरु क्रमश स्व. श्री नैनबहादुर सुनुवार (सदस्यता २९३) र स्व. श्रीमति पदम माया सुनुवार (सदस्यता ७२१) को दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिको थियो।

कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री तेज सुनुवारले नव वर्ष सन् २०२४ र हामी किराँतीहरुको येलम संबत् येले थोचे ५०८४ को शुभकामना दिनु हुदै उपस्थित सम्पूर्ण मनुभबहरुलाई स्वागत गर्नु भएको थियो।

कोषाध्यक्ष श्री इन्द्र सुनुवार द्वारा गत बर्ष २०२३ को सम्पूर्ण आर्थिक आयबिय बिवरण प्रस्तुत गर्नु भएको थियो भने संयोजकको अनपस्थितिमा कार्यक्रम संचालक सचिब श्री गीतराज सुनुवारले संस्थाको सामान सम्पति बिवरण प्रस्तुत गर्नु भएको थियो।

संस्थाको सुनुवार शैक्षिक सहायता कोषबाट नेपाल शैक्षिकसत्र २०८० को लागि कोषको संचालक समितिको निर्णय बमोजिम पूर्व निर्धारित समयतालिकानुसार नेपालमा जम्मा ७ जना विद्यार्थीहरुलाई संस्थाका प्रायोजक सदस्यहरु मार्फत सम्पूर्ण सहयोग रकमहरु हस्तान्तरण गरिसकेको जानकारी गरिएको थियो । "शिक्षा नै समुदाय विकाशको मूल आधार" भन्ने नारा सहित यस संस्थाले आफ्नु सुनुवार शैक्षिक सहायता कोष समिति मार्फत नियमित बार्षिक रुपमा सुनुवार समुदायका आर्थिक बिपन्न विद्यार्थीहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।

"अहिले नकिने कहिले  किन्ने, हामीले नकिने कसले किन्ने" सोचका साथ गत मिति सन् १८ मार्च २०२३ मा श्यांदर पिदार २०२३ को कार्यक्रम समन्वय बैठकमा सम्भावित जग्गा खरिदका लागि पारम्भिक अनुशन्धान गर्नको निमित्त ५ सदसिय कार्यदल जसका संयोजक श्री केदार संकेत सुनुवार, श्री प्रकाश सुनुवार, श्री चन्द्र सुनुवार, श्री आकाश सुनुवार र पदेन सचिब चयन गरिएको थियो। संयोजक श्री केदार संकेत सुनुवार द्वारा सन् ११ जून २०२३ मा श्यांदर पिदार २०२३ को कार्यक्रम समीक्षा बैठकमा पहिलो अनुशन्धानको प्रतिवेदन पेश गराउनु भएको थियो भने सन् ५ अगष्ट २०२३ मा यस संस्थाको १६ औ स्थापना वार्षिक उत्सब कार्यक्रममा पनि सन्क्षिप्त रुपमा प्रकाश पारिदिनु भएको थियो। उक्त प्रतिवेदनको आधारका साथ साथै संस्थाको आफ्नै प्राबिधिक पक्षहरु उपर पनि अन्य थप अनुशन्धानहरु गरी त्यसको समधान पहिचान गरेर मात्र संस्थालाई आवश्यक पर्ने जग्गा खरिद गर्ने प्रस्ताब ल्याउनु पर्ने छलफल भएको थियो।

अध्यक्ष श्री मनोजकुमार सुनुवारले संस्थागत भैपरी आएका विभिन्न अपिल-सहयोगहरु तथा गरिएका संस्थाको मुख्य मुख्य कार्यक्रमहरुका साथै बिभिन्न संघ संस्थाहरु संगको अन्तरक्रियाहरुको सम्पूर्ण गतिविधिहरु क्रमिक रुपमा आफ्नु प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको थियो। आफ्नु दोश्रो बर्षको कार्यकाल यसरी सम्पन्न हुनुमा कार्यसमितिहरु, सल्लाहकारहरु र सम्पूर्ण यूकेबाशी सुनुवार बन्धुहरुको साथ-सहयोग र यस संस्था प्रतिको समर्पण रहेको भन्दै आगामी दिनहरुमा पनि अझै साथ-सहयोग र हौसलाको जरुरी रहेको औलाउनु भएको थियो।

उपस्थित सल्लाहकारहरु निवर्तमान अध्यक्ष श्री जितेन्द्र सुनुवार, श्री यादव तुर्सुचा र श्री छत्र सुनुवारले आ-आफ्नु मन्तव्य मार्फत सल्लाह सुझाब र कार्यसमितिहरुलाई धन्यबाद दिनु भएको थियो।

कार्यक्रमको अन्त्यमा सचिवको मिनेटिंग वाचन पश्चात संस्थाका उपाध्यक्ष श्री प्रकाश सुनुवारले उपस्थित सदस्यहरुलाई धन्यबाद दिदै संस्थालाई यसरी नै हतोत्साहित नभई निरन्तर अगाडि लैजानु पर्नेमा जोड दिदै कार्यक्रम समापन गर्नु भएको थियो।

More News
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]
  • वार्षिक साधारण सभा २०२६ (AGM) Clone
    किराँत सुनुवार सेवा समाज बेलायत (KSWSUK)को वार्षिक साधारण सभा (AGM) २४ तारिख, शनिवारका दिन बेलायतको Aldershot स्थित Ozone Restaurant मा सौहार्दपूर्ण, आत्मीय तथा उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।   कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवार ले गर्नुभएको थियो भने सभामा उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार सङ्केत ले स्वागत मन्तव्य दिएका थिए । उक्त [...]
  • “ष्यॉदर पिदार – उभौली” २०२४ |
    25 May 2024| यस बर्ष सन् २०२४ सालमा किराँत सुनुवार सेवा समाज बेलायतले किराँत सुनुवार कोइँच जातीयको आफ्नै परम्परागत मौलिक सांस्कृतिक मुख्य चाड “ष्याँदर पिदार” सदा झैँ भव्यताका साथ सुसम्पन्न गरेको छ। तिथि, मिति र परिस्थिति अनुकुल पारेर गत शनिबार, 25 May 2024 मा Farnborough स्थित Samuel Cody Specialist Sports College को  Community Main Hall मा एक आपसमा शुभकामना आदान प्रदान गर्दै चण्डी [...]