किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518
किराँत सुनुवार सेवा समाज युके को बिधान - २००७ (पहिलो संशोधन २०१७ सहित) परिच्छेद – २
(सदस्यता सम्वन्धी व्यवस्था)
() सदस्याता:  निम्न चार प्रकारका सदस्यता ग्रहण गरि यस संस्थाको सदस्य बन्न सकिनेछ।
*(क) क्रियासिल सदस्य: सदस्यताका लागि योग्यता पुगेका कोंईच जातिका व्यक्तिहरु वा सर्वधारण जोकोहि पनि महाधिवेसनले तोकिए वमोजिमको सदस्यता दर्ता शुल्क  वापतको रकम तिरिसकेपछि वार्षिक वा मासिक रुपमा नियमित नविकरण शुल्क तिर्नेगरि यो सदस्यता ग्रहण गर्न सकिने छ । यो किसिमको सदस्यले निर्वाचनमा उम्मेदवारी दिन तथा मत दिन पाउने अधिकार सुरक्षित हुनेछ।
(ख) आजीवन सदस्य:  संस्थामा दर्ता भए पश्चात महाधिवेशनले तोकिए वमोजिमको एकमुष्ठ रकम संस्थालाई वुझाए पश्चात आजीवन सदस्यता ग्रहण गर्न सकिने व्यवस्था गरिएको छ । यो किसिमको सदस्यता नविकरण गरिरहनु पर्ने छैन । निर्वाचनमा उमेदवारी दिन तथा मत दिन पाउने छ ।
(ग) मानार्थ सदस्य:  संस्थाको उदेश्य परिपुर्ति गर्नको लागि आबश्यक आर्थिक, सामाजिक, बौद्धिक एवं साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण  योगदान प्रदान गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय, सरकारी वा गैरसरकारी   संघसंस्था वा ब्यक्ति बिशेषलाई अथवा कोईंच जातिको भाषा, साहित्य, लीपि, धर्म, कला, संस्कृति, सामाजिक परम्परा, रीतिरिवाज तथा संरचना वा सम्वन्धीत अन्य कुनै विषय वा शिर्षकमा विशेष खोजतलास, अनुसन्धान तथा विश्लेषण गरि विद्यावारिधी वा कुनै विशिष्ठ सम्मान प्राप्त गर्नुहुने जोसुकै महानुभाव वा संघसंस्थाहरुलाई कदर स्वरुप महाधिवशन वा र्कायसमितिको निर्णय बमोजिम मानार्थ सदस्यता प्रदान गर्न सकिने छ । तर मानार्थ सदस्यले कार्यसमितिको चयनमा भाग लिन भने पाउने छैन । कार्य समितिको सिफारिसमा महाधिवेशनले योग्य ठहर भएको व्यक्ति वा संस्थालाई यो सदस्यता प्रदान गर्ने व्यवस्था गरिएको छ । सदस्यता वापत कुनै शुल्क असुल गराइने छैन ।
(घ) *साधारण सदस्य: तोकिएको सदस्यता शुल्क तिरी सदस्यता लिई कम्तिमा दुई वर्ष सम्म सदस्यता नबिकरण नगरेका वा तोकिएको शुल्क तिरी सदस्यता नलिएका व्यक्तिको हकमा सुनुवार जातिको हैसियतले साधारण सदस्य मानिने छ । तर साधारण सदस्यको हैसियतले कार्यसमितिको उमेद्वारी तथा कुनै पनि निर्वाचन र निर्णयमा मत दीने जस्ता अधिकार तथा सुबिधाहरुबाट बन्चित हुनेछ।
() सदस्यताको लागि योग्यता: (क) १८ वर्ष उमेर पुरा पुगेको। (ख) कुनै संघसंस्थाको अहित हुने कार्य गरेका वा सरकारी तथा गैरसरकारी संघसंस्थाको धन हिनामिना गरे वापत दण्ड सजाय नपाएको हुनुपर्ने। (ग) कुनै पनि नैतिक पतन, ठगी ठहरिने फौजदारी अभियोगमा वा विध्वांसात्मक गतिविधिमा संलग्न भई सजाय पाएको हुनु नहुने।  (घ) यस बिधानमा तोकिए बमोजिम कार्य गर्न तथा बिधानको उदेश्य प्राप्तिको निमित्त प्रतिबद्ध एवं इच्छा जाहेर गर्ने हुनुपर्दछ।
() सदस्यताको लागि अयोग्यता: (क) १८ वर्ष पुरा नपुगेको। (ख) कुनै संघ संस्थाको अहित हुने कार्य गरेका वा सरकारी तथा गैरसरकारी संघसंस्थाको धनहिनामिना गरे वापत दण्ड सजाय पाएको भएमा|  (ग) कुनै पनि नैतिक पतन ठहरिने फौजदारी अभियोगमा वा विध्वांसात्मक गतिविधिमा संलग्न भई सजाय पाएको भएमा। (घ) मगज विग्रिएको भएमा। (ङ) कोईंच जातिको सामाजिक परम्परा, रितिरिवाज, संस्कृतिको अपहेलाना गर्ने र यस विधानको उद्देश्य विपरित कार्य गर्ने वा गराउने भएमा।
(७) सदस्यता खारेजी: (क) दफा (५) अनुसारको योग्यता नभएको वा दफा (६) मुताविक अयोग्य ठहर हुन गएमा। (ख) सदस्यता वापत नविकरण म्याद समाप्त मितिले दुई महिना भित्रसम्म पनि नबिकरण नगरेमा निजको सदस्यता स्वतः समाप्त हुने छ र सोको जानकारी कार्यसमितिले सदस्यता सकिएको १५ दिन भित्र सम्बन्धित सदस्यलाई दिनेछ । तर नविकरण नाघेको सम्वन्धमा मनासिव कारण सहित पुनः नविकरण गर्न लिखित रुपमा इच्छा व्यक्त गरेमा कार्य समितिले निजको सदस्यता नबिकरण र्गन सक्नेछ । (ग) निजको मृत्यु भएमा । (घ) यस संस्थाको हित बिपरीत संस्थाको उदेश्य र लक्ष्यमा प्रतिकूल प्रभाव पार्ने कुनै अभिब्यक्ति दिएमा वा कार्य गरेमा कार्यसमितिले कुनैपनि प्रकारको सदस्यता समाप्त गर्न सक्नेछ । तर यसरी सदस्यता समाप्त गरिएको ब्यक्तिलाई उचित सफाईको मौकाबाट बञ्चित गरिने छैन। (ङ) यस संस्थाको सदस्य वा पदाधिकारी भएका ब्यक्ति विध्वंसात्कम गतिविधिमा संलग्न रहेको प्रमाणित भएमा।