किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

आज मिति १८ तारिख मे आइतबार कोइंच जातिको महान चाड स्यांदर पिदार कार्यक्रम २०१४ फार्नबोरोमा सम्पन्न भयो । कार्यक्रममा बेलायतमा बसोबास गरिरहनु भएका कोइंचबन्धुहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

स्यांदर पिदार नै हामी सुनुवार जातिको बिबिध पहिचान मध्ये एउटा प्रमुख पहिचान हो भन्ने आम सुनुवारहरुमा आत्मबोध भएको कारणले नै बिदेशी भुमिमा रहेर पनि हामी भेला भई कार्यक्रमलाई सफल बनाउन सबैले आआफ्नो तर्फबाट प्रयास गरिएको हुनाले नै कार्यक्रम सफल रहनुको साथै सार्थक पनि रहयो । आफ्नो जातिगत सांस्कृतिक पहिचानलाई हामीले परित्याग गर्दैनौं र हामी जहाँ जहाँ पुग्छौं त्यहाँ त्यहाँ हाम्रो संस्कार, संस्कृति पनि संगसंगै पुगेको हुन्छ भन्ने प्रमाणलाई अझ बलियो रुपमा प्रस्तुत गर्न सफल भएको देखिन्थ्यो, यो कार्यक्रम ।

कार्यक्रम आयोजनाको सन्दर्भमा छुटपुट त्रुटीहरु अवश्य पनि भएको हुन सक्छ, उक्त त्रुटीहरुलाई केलाएर त्यस सम्बन्धी जानकारी वा प्रतिकृयाहरुका साथमा सुझावहरु समितिमा प्राप्त भएको खण्डमा आगामी दिनहरुमा संचालन गरिने कार्यक्रमहरुमा आवश्यक सुधार ल्याउन सकिने बिश्वासका साथ सम्पुर्ण उपस्थित कोइंचहरु तथा भोलण्टीयर खटिनु भएका सम्पुर्ण साथिहरुमा किरात सुनुवार सेवा समाज बेलायत हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

सुसेस बेलायतको बार्षिक उत्सब मनाउने सन्दर्भमा समितिले आवश्यक ब्यवस्थापनको निमित्त पहल गरिरहेको र उक्त कार्यक्रमको स्वरुप बारेमा बिस्तृत बिवरण सहित आवश्यक शिघ्र जानकारी गराइने छ ।

More News
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]