किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

हामी सुनुवारहरूको यस महान पर्वले बेलायतमा बिभिन्न ठाऊँमा छरिएर बसिए तापनि यस दिनलाई महत्व दिई भेला भएर हर्षोउल्लाषका साथ मनाउने परम्परा यस संस्थाको स्थापनाकाल २००७ साल देखि शुरू गरिएको हो।


परम्परा देखि नै प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गरिदै  आएको यस ष्यॉदर पिदारमा हाम्रा ज्येष्ठ नागरिकहरू तथा जान्ने बुझ्ने व्यक्तित्व, सल्लाहकारहरूको संयुक्त परामर्श अनुसार पूजा थान निर्माण गरि ढोल झ्याम्टाको ताल र सुनुवारी मौलिक भेषभुषामा सुसज्जित दाजु भाई दिदी बहिनीहरूबाट सामुहिक रूपमा जोश, जाँगर र उल्लासका साथ नाच गान गर्दै थान आगमन र परिक्रमा गर्दा र पुजारीहरुले सुरो-साहा जगाउन पूजान्त्र फलाग्दाको दृश्य पक्कै रोचक र रमणीय देखिएको थियो।


यस समाजका नव नियुक्त अध्यक्ष श्री जितेन्द्र सुनुवारले सम्पूर्ण वेलायतबासी सुनुवारलाई ष्यॉदर पिदार बि.स. २०७६ सालको शुभकामना र उत्तरोतर प्रगतिको कामना गर्दै उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्नु भयो। साथै यस महान पर्वको महत्वको बारेमा संक्षिप्त जानकारी गराउँदै यस चॉडले हाम्रो सुनुवारहरूमा मनोवल, एकता र आपसी सद्भाव समेतमा प्रगति र सम्बृद्धी हुने कुराहरुको उल्लेख गर्नु भएको थियो। यसले हाम्रा नयॉ सन्ततिहरूलाई पनि वेलायतमा रहेर अलिकति भएपनि हाम्रो सुनुवार संस्कारको वारेमा सानो पाठ सिकाउन सकिने कुरा पनि उल्लेख गर्नु भएको थियो। यसै क्रममा सम्पूर्ण कोईंचहरूले आफ्नो मौलिक धर्म, संस्कृति, भाषा, परम्परा आदिको संरक्षण तथा सम्बर्धन हामी आफैले गर्नु पर्ने कुरालाई पूर्ण जोड दिदै यसको अत्यावश्यक रहेको पनि औलाउनु भयो।


सुनुवार सेवा समाज वेलायतको निमन्त्रणामा प्रमुख अथिति वेलायतका लागि नेपाल राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीका साथै अन्य जातिय संघ संस्थाका अथितिहरूको पनि उपस्थिती थियो। प्रमुख अथिति महामहिम डा दुर्गा बहादुर सुवेदीले सुनुवारहरूको यस ष्याँदार पिदार पर्वले सुनुवारहरूको आफ्नै परम्परागत संस्कृति जगेर्ना गर्न र नयाँ सन्ततीहरूले समेत यसको महत्व बुझ्ने र सिकेर हाम्रो नेपाली पन रहि नै रहने जानकारी गराउँदै हार्दिक शुभकामना सन्देश प्रकट गर्नु भएको थियो।


कार्यक्रमको अन्त्यतिर ढोल झ्याम्टाको विभिन्न तालमा थान परिक्रमा गर्दै  पूजारीहरूले पुन: थानमा  प्रकृति र पितृहरूको सम्मानार्थ पूजा गरी सुरो-साहा-आशीर्वाद बढेका थिए।


यस चाँडलाई सफलता पूर्वक संचालन गर्ने कार्यकारी सदस्यहरू र अन्य भोलेन्टरहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद दिदै यस समाजका उपाध्यक्ष श्री मनोजकुमार सुनुवारले आजको दिन एकदमै महत्वपूर्ण रहेको, सबैले समयानुकुल भरपुर मनोरन्जन लिनु भएको कुरा व्यक्त गर्दै फेरी अर्को वर्षको ष्याँदर पिदारमा भेट्ने बाचा गर्दै यस सालको लागि कार्यक्रम अन्त भएको जानकारी गराउनु भएको थियो।


वास्तबमा हामी सुनुवारहरुको आफ्नो मौलिक परम्परागत जातिय पर्वलाई यदि  बेवास्ता गरी अरूको बहकाऊँमा लागिऊ र आफ्नो पुर्खाले हजारौ वर्षको लगानीमा सिर्जेको सम्पत्तिलाई नसमाल्ने हो भने भोली हामीले चाहेरपनि नत आर्थिक सम्पन्नताको आडमा किन्न सक्छौं नत कुनै वैज्ञानिक उपकरणबाट पुन अविस्कार गर्न नै सक्छौ। तसर्थ हाम्रो पुर्खाले छाडेर गएको एक थुंगा फूलको महत्व बुझी आत्मसम्मान गर्नु पर्दछ। यो हामी सबैको दायित्व र साझा कर्तव्य हो।


समय सापेक्ष पारेर मनाइने यस पर्वले वर्ष भरि टाढा रहेर बसे तापनि यस दिनको भेटघाटले एक आपसमा पुनरमिलन र सुमधुर सम्बन्धको वातावरण निर्माण हुनेमा कुनै दुईमत नहोला भन्दै आगामी सालहरूमा पनि यसरी नै भेट्ने आशा गरिएको छ।

More News
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]
  • वार्षिक साधारण सभा २०२६ (AGM) Clone
    किराँत सुनुवार सेवा समाज बेलायत (KSWSUK)को वार्षिक साधारण सभा (AGM) २४ तारिख, शनिवारका दिन बेलायतको Aldershot स्थित Ozone Restaurant मा सौहार्दपूर्ण, आत्मीय तथा उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।   कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवार ले गर्नुभएको थियो भने सभामा उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार सङ्केत ले स्वागत मन्तव्य दिएका थिए । उक्त [...]
  • “ष्यॉदर पिदार – उभौली” २०२४ |
    25 May 2024| यस बर्ष सन् २०२४ सालमा किराँत सुनुवार सेवा समाज बेलायतले किराँत सुनुवार कोइँच जातीयको आफ्नै परम्परागत मौलिक सांस्कृतिक मुख्य चाड “ष्याँदर पिदार” सदा झैँ भव्यताका साथ सुसम्पन्न गरेको छ। तिथि, मिति र परिस्थिति अनुकुल पारेर गत शनिबार, 25 May 2024 मा Farnborough स्थित Samuel Cody Specialist Sports College को  Community Main Hall मा एक आपसमा शुभकामना आदान प्रदान गर्दै चण्डी [...]