किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

किराँत सुनुवार सेवा समाज बेलायातले आफ्नु स्थापनाकाल २००७ साल देखि बार्षिक रुपमा मनाउदै आएको आफ्नु मौलिक परम्परागत सांस्कृतिक पर्व 'शाँदार पिदार' गत दुई वर्ष (२०२०-२०२१) संसार भरी फैलिएको COVID-19 महामारीका कारण सम्पन्न गर्न सकेको थिएन। बेलायतमा महामारी बिरुद्ध केहि सहजता आए संगै यस बर्ष (२०२२) को 'शाँदार पिदार' गत मिति २१ मे २०२२, फार्नबोरो स्थित स्यामूल कोड़ी कमुनिटी हलमा पुन: नयाँ जागरुग हर्षोल्लास र जीवित खुशियालीका साथ मनाएका छन्।

संस्थाका अध्यक्ष मनोजकुमार सुनुवारले जातीय सद्भाव लागि आमन्त्रित अथितिहरु र सम्पूर्ण उपस्थित कोइच्बुहरुलाई स्वागत गर्दै 'शाँदार पिदार' को महत्वको बारेमा प्रकाश पार्दै आफ्नु शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अथिति नेपाल राजदुतबास बेलायतका द्वितीय सचिब श्री रामबाबु नेपालले बेलायतमा नेपलीहरुले आफ्नु भेषभुषा, परम्परा, सांस्कृतिलाई सदैब संरक्षणका लागि जता भएपनि यसरी मनाउने गरेको पाउदा खुशी ब्यक्त गर्दै, बेलायतका लागि नेपाली राजदुतको तर्फबाट शुभकामना ब्यक्त गर्नु भएको थियो।

अन्य अथितिहरु, नेपाल राजदुताबास बेलायतका सहचारी, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष, तथा तमुधी युके, मगर संघ युके र शेर्पा संघ युकेका प्रतिनिधिहरुको उपस्थिति थियो।
मुख्य कार्यक्रमको शुरुवात ढोल टिमको भाले र पोथी टिमको रोचक घम्साघम्सी प्रदर्शन पछि थान परिक्रम गरि पूजा थानमा पुजारी (नासो), अध्यक्ष र अन्य जान्नेबुझ्ने व्यक्तित्वहरुबाट प्रकृति र पितृहरुको पूजा गरिएको थियो। कार्यक्रमको मध्यम समयमा विभिन्न किसिमको ढोल झेम्टाको तालमा सामुहिक नाच (सिल) हरु गरि मनोरंजन गरेका थिए।अन्तयमा सुरो भित्राउने क्रममा ढोल टिमहरुबाट थान परिक्रमा र पुजारी टिम बाट पुन पूजा गरि सगुन तथा प्रसाद ग्रहण गरिएको थियो।

कार्यक्रमको प्रारंभिक संचालन सचिब गितराज सुनुवारले गर्नु भएको थियो भने शाँदार, पिदार, सिल प्रस्तुतिहरुको घटनाक्रम अनुसारको वर्णन होम किराँत सुनुवारले गर्नु भएको थियो। टिकेटिंग, सदस्यता कोषाध्यक्ष इन्द्र सुनुवारको टिमले गर्नु भएको थियो भने, ड्रिंक्स बार ललित सुनुवारको टिमले बेच्नु भएको थियो। खानाको व्यवस्थापन हिम्मत राई संग गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेज सुनुवार बाट कार्यसमितिहरु, सल्लाहकारहरु, सहयोगीहरु तथा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै अर्को बर्ष भेट्ने बाचाका साथ कार्यक्रमको समापन गर्नु भएको थियो।

More News
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]
  • वार्षिक साधारण सभा २०२६ (AGM) Clone
    किराँत सुनुवार सेवा समाज बेलायत (KSWSUK)को वार्षिक साधारण सभा (AGM) २४ तारिख, शनिवारका दिन बेलायतको Aldershot स्थित Ozone Restaurant मा सौहार्दपूर्ण, आत्मीय तथा उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।   कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवार ले गर्नुभएको थियो भने सभामा उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार सङ्केत ले स्वागत मन्तव्य दिएका थिए । उक्त [...]
  • “ष्यॉदर पिदार – उभौली” २०२४ |
    25 May 2024| यस बर्ष सन् २०२४ सालमा किराँत सुनुवार सेवा समाज बेलायतले किराँत सुनुवार कोइँच जातीयको आफ्नै परम्परागत मौलिक सांस्कृतिक मुख्य चाड “ष्याँदर पिदार” सदा झैँ भव्यताका साथ सुसम्पन्न गरेको छ। तिथि, मिति र परिस्थिति अनुकुल पारेर गत शनिबार, 25 May 2024 मा Farnborough स्थित Samuel Cody Specialist Sports College को  Community Main Hall मा एक आपसमा शुभकामना आदान प्रदान गर्दै चण्डी [...]