किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.

KIRANT SUNUWAR Welfare Society

United Kingdom, Estd. 2007

Donate Now
शाँदार पिदार – २०२२ सम्पन्न
Home » News  »  शाँदार पिदार – २०२२ सम्पन्न

किराँत सुनुवार सेवा समाज बेलायातले आफ्नु स्थापनाकाल २००७ साल देखि बार्षिक रुपमा मनाउदै आएको आफ्नु मौलिक परम्परागत सांस्कृतिक पर्व 'शाँदार पिदार' गत दुई वर्ष (२०२०-२०२१) संसार भरी फैलिएको COVID-19 महामारीका कारण सम्पन्न गर्न सकेको थिएन। बेलायतमा महामारी बिरुद्ध केहि सहजता आए संगै यस बर्ष (२०२२) को 'शाँदार पिदार' गत मिति २१ मे २०२२, फार्नबोरो स्थित स्यामूल कोड़ी कमुनिटी हलमा पुन: नयाँ जागरुग हर्षोल्लास र जीवित खुशियालीका साथ मनाएका छन्।

संस्थाका अध्यक्ष मनोजकुमार सुनुवारले जातीय सद्भाव लागि आमन्त्रित अथितिहरु र सम्पूर्ण उपस्थित कोइच्बुहरुलाई स्वागत गर्दै 'शाँदार पिदार' को महत्वको बारेमा प्रकाश पार्दै आफ्नु शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अथिति नेपाल राजदुतबास बेलायतका द्वितीय सचिब श्री रामबाबु नेपालले बेलायतमा नेपलीहरुले आफ्नु भेषभुषा, परम्परा, सांस्कृतिलाई सदैब संरक्षणका लागि जता भएपनि यसरी मनाउने गरेको पाउदा खुशी ब्यक्त गर्दै, बेलायतका लागि नेपाली राजदुतको तर्फबाट शुभकामना ब्यक्त गर्नु भएको थियो।

अन्य अथितिहरु, नेपाल राजदुताबास बेलायतका सहचारी, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष, तथा तमुधी युके, मगर संघ युके र शेर्पा संघ युकेका प्रतिनिधिहरुको उपस्थिति थियो।
मुख्य कार्यक्रमको शुरुवात ढोल टिमको भाले र पोथी टिमको रोचक घम्साघम्सी प्रदर्शन पछि थान परिक्रम गरि पूजा थानमा पुजारी (नासो), अध्यक्ष र अन्य जान्नेबुझ्ने व्यक्तित्वहरुबाट प्रकृति र पितृहरुको पूजा गरिएको थियो। कार्यक्रमको मध्यम समयमा विभिन्न किसिमको ढोल झेम्टाको तालमा सामुहिक नाच (सिल) हरु गरि मनोरंजन गरेका थिए।अन्तयमा सुरो भित्राउने क्रममा ढोल टिमहरुबाट थान परिक्रमा र पुजारी टिम बाट पुन पूजा गरि सगुन तथा प्रसाद ग्रहण गरिएको थियो।

कार्यक्रमको प्रारंभिक संचालन सचिब गितराज सुनुवारले गर्नु भएको थियो भने शाँदार, पिदार, सिल प्रस्तुतिहरुको घटनाक्रम अनुसारको वर्णन होम किराँत सुनुवारले गर्नु भएको थियो। टिकेटिंग, सदस्यता कोषाध्यक्ष इन्द्र सुनुवारको टिमले गर्नु भएको थियो भने, ड्रिंक्स बार ललित सुनुवारको टिमले बेच्नु भएको थियो। खानाको व्यवस्थापन हिम्मत राई संग गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेज सुनुवार बाट कार्यसमितिहरु, सल्लाहकारहरु, सहयोगीहरु तथा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै अर्को बर्ष भेट्ने बाचाका साथ कार्यक्रमको समापन गर्नु भएको थियो।

More News
  • संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न |
    14th January 2023 | The Palace Restaurant, Aldershot स्थित किराँत  सुनुवार सेवा समाज बेलायत को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको थियो | संस्थाका अध्यक्ष श्री मनोजकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा निम्न प्रतिबेदनहरु तथा प्रस्ताबहरु उपर आवश्यक छलफल गरी देहाय बमोजिम निर्णयहरु पारित तथा पारित निर्णयहरु अनुमोदन गरेको थियो | [...]
  • १४ औ बार्षिक भेटघाट !
    कोभिड महामारीको कारण स्थगित यस संस्थाको नियमित बार्षिक कार्यक्रमहरु मध्यको 'बार्षिक भेटघाट कार्यक्रम' पुन दुई बर्षको अन्तरल पश्चात सदाका बर्ष झैँ गत मिति 27th August 2022 का दिन Sandhurst Community Hall मा मनाएको थियो। [...]
  • KSWSUK Executivesसातौं माहाअधिबेशन सम्पन्न, अध्यक्षमा मनोजकुमार सुनुवार चयन
    १९ फेब्रुअरी २०२२। किराँत सुनुवार सेवा समाज बेलायतको सातौं महाधिबेशन गत ६ फेब्रुअरी २०२२ अल्डरसट्मा सम्पन्न भएको थियो। [...]
  • KSWSUK१२ औ वार्षिक भेटघाट कार्यक्रम २०१९
    सुनुवार सेवा समाज युकेले वार्षिक रुपमा मनाउदै आएको भेटघाट कार्यक्रम यसपालि पनि २४ अगस्त २०१९ का दिन स्यान्डहर्स्ट कम्यूनिटी हलमा हर्षोलास तथा मनोरन्जनका साथ मनाएकोछ। [...]